२२ ,श्रावण ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको सो भेटमा उनिहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । भेटमा राष्ट्रपति पौडेलले सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन
२२ ,श्रावण ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज लोकबहादुर थापालाई संयुक्त राष्ट्रसङ्घ, नेपाली स्थायी नियोग न्यूयोर्कका लागि नेपाली राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालको राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि तथा जनवादी गणतन्त्र चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातन्त्रिक जनवादी
२२ श्रावण, काठमाडाैँ । प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभा बैठक साउत २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले आज ४ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभा बैठक
२२ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु पर्ने अवस्थामा पनि संसद चल्न नदिएको भन्दै आक्रोश पोखेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले संसद नचलेर बार्गेनिङमात्रै चल्ने गरेको समेत बताएका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन्, 'वर्षौं देखि देशलाई कसरी
२२ श्रावण, काठमाडाैँ । संसद बैठक सुचारु गराउने मुख्य एजेण्डासहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । सोमबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षम बैठक सुरु भएको हो । बैठकमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा
२२ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला सङ्घले विधानविपरीत १२ जिल्लाका अध्यक्ष हटाएको भन्दै आपत्ति जनाइएको छ । सङ्घको केन्द्रीय समितिले आज पत्रकार सम्मेलन गरी सङ्घको वर्तमान अध्यक्षले विधान विपरीत १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई वर्खास्त गरेको भन्दै विरोध जनाएको हो । पत्रकार सम्मेलनमा सङ्घकी केन्द्रीय सदस्य
२२ श्रावण, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को सयममा जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील रहेको उनले
२२ श्रावण, काठमाडाैँ । संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनेबारे छलफल गर्न शीर्ष नेताको बैठक बोलाएका थिए । सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीले सोमबार बिहान सभामुख घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकिएको जानकारी
२२ श्रावण, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा वेदुराम भुसालले पाएका छन् । नेपाली एकता मञ्चले स्वीजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल आजदेखि आगामी भदौ १ गतेसम्म ती देशको भ्रमण गर्ने कार्यक्रम तय भएकाले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
२२ श्रावण, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । आजको बैठकको प्रारम्भमा एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती)ले सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति नबनेसम्म सदनको अवरोध नखुल्ने बताइन् ।