Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

‘संविधान बनाउन नेम्वाङले खेल्नुभएको भूमिका इतिहासले स्मरण गर्ने’


२८ ,भाद्र ,काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान बनाउन खेलेको नेतृत्वदायी भूमिका नेपाली इतिहासले सधैँ स्मरण गरिरहने जनाएको छ ।

नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै फाउन्डेसनले आज जारी गरेको शोक वक्तव्यमा नेपालको संसदीय राजनीतिलाई उनले लगाएका गुण सदा स्मरणीय रहने उल्लेख गरिएको छ ।

नेम्वाङले नेपालमा गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान बनाउन खेलेको नेतृत्वदायी भूमिका नेपाली इतिहासले सधैँ स्मरण गरिरहने फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“संसदीय अभ्यासलाई मर्यादित र परिपक्व बनाउन उहाँले खेल्नुभएको भूमिका भावी पुस्ताका लागि सदा स्मरणयोग्य छ”, वक्तव्यमा उल्लेख गरिएको छ, “उहाँको निधनपछि मुलुकले एक इमान्दार, निष्ठावान र परिपक्व नेता गुमाएको छ । फाउन्डेसनले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्तिको कामना पनि गर्दछ ।”

नेम्वाङको असामयिक निधनको खबरले फाउन्डेसनलाई मर्माहत बनाएको वक्तव्यमा भनिएको छ । फाउन्डेसन संविधान जारी गर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापना भएको संस्था हो ।

फाउन्डेसनले विपी कोइरालाले मेलमिलापको नीति लिई २०३३ साल पुस १६ भारत प्रवासबाट फर्केपछि जनमत सङ्ग्रह घोषणा नभएसम्मका विषय समेटेर ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिसकेको संस्थाका सदस्यसचिव कोइरालाले बताए ।

उनका अनुसार संस्थाले अन्य राजनीतिक इतिहासका विषयमा पनि खोजी गरिरहेको छ ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?