Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

प्रधानमन्त्रीद्वारा १९औँ एसियाली खेलकुदमा भाग लिन जाने टोलीको बिदाइ


२८ ,भाद्र ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।

बालुुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उनले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रधानमन्त्री दाहालले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भन्दै भोलि बस्ने मन्त्रिपरिषद् बैठकले घोषित पुरस्कार रकम निकासा गर्ने उल्लेख गरे ।

खेलाडीलाई सफलताको शुभकामना दिँदै उनले आफूलाई जानकारी भएसम्म चीनमा खेलाडीका लागि राम्रो व्यवस्थापन भइसकेको बताए । प्रधानमन्त्री दाहालले भने, “तपाईँहरूले देशको गौरव र उचाइ बढाउनु हुनेछ भन्ने विश्वास छ, म आफूसमेत उद्घाटनमा सहभागी हुनेछु । मेरा लागि पनि एसियाली खेलकुद रोमाञ्चक हुनेछ ।”

प्रधानमन्त्री दाहाल अमेरिका भ्रमणपछि एसियाली खेलकुदको उद्घाटनअघि चीन पुग्ने कार्यक्रम रहेको छ । चीनको हाङझाउमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता यही असोज ६ देखि २१ गतेसम्म हुनेछ ।

उक्त प्रतियोसगतामा सहभागी हुने नेपाली खेलाडी तथा व्यवस्थापकलाई प्रधानमन्त्री दाहालले बिदाइ गरेका हुन् ।युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले खेलाडीलाई सफलताको शुभकामना प्रदान गरे ।

यसपटकको एसियाली खेलकुदमा नेपालका तर्फबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहनेछ । जसमा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडी सहभागी छन् । नेपालका तर्फबाट बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टस्मा २३ खेलाडीको सहभागिता रहनेछ ।

त्यस्तै, फेन्सिङमा छ, फुटबलमा २२, गल्फमा छ, ह्यान्डबलमा १६, जुडोमा आठ, कबड्डीमा १२, करातेमा आठ, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा छ, पौडीमा चार, टेबल टेनिसमा छ, तेक्वान्दोमा ११, टेनिसमा छ, ट्रायथलनमा चार र भलिबलमा २४ खेलाडी सहभागी छन् ।

भारत्तोलनमा पाँच, कुस्तीमा चार तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ । आज भएको बिदाइ कार्यक्रममा भने विभिन्न १९ खेलका खेलाडीमात्र सहभागी थिए । बाँकी खेलका खेलाडी उपत्यका बाहिर तथा देश बाहिर बन्द प्रशिक्षणमा रहेका छन् ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?