Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रुसले दुई जना अमेरिकी कूटनीतिज्ञलाई गर्यो देश निकाला


२९ भदाै, एजेन्सी । रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो ।

अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क ९सिएनएन०का अनुसार अमेरिकी दूतावासका पूर्वकर्मचारी रुसी नागरिकलाई ‘सूचक’ भएको आरोप लगाएर कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको छ ।

संयुक्त राज्य अमेरिकाले रुसको उक्त निर्णयको निन्दा गर्दै मस्कोलाई ‘रचनात्मक कूटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको’ टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले रुसी निर्णयका निम्ति मस्कोलाई उचित जवाफ दिने बताएका छन् ।

वासिङ्टनमा बिहीबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता मिलरले अमेरिकी कूटनीतिक कर्मचारीलाई अकारण निष्काशनको आदेश दिइएको तथा दूतावासका कर्मचारीहरूलाईमात्र नभई आफ्नै नागरिकहरूलाई पनि मस्कोले धम्क्याइरहेकको बताएका छन् । रुसी सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार सामग्रीको ‘मिडिया क्लिप’ उपलब्ध गराउने रोबर्ट शोनोभलाई पक्राउ गरिएको जानकारी उनले दिएका छन् । रुसले देश छाडेर जान आदेश दिएका अमेरिकी कूटनीतिज्ञले रुस नछाडेको पनि उनले बताए ।

वासिङ्टन र मस्कोबीचको सम्बन्ध तनावपूर्ण बनेका बेला रुसले अमेरिकी कूटनीतिलाई देश छाड्न भनेको हो । निष्काशन गरिएका कूटनीतिज्ञहरूले रुसको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी गैरकानुनी एवं गैरकूटनीतिक गतिविधि सञ्चालन गरेका रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ । रुसको राष्ट्रिय सुरक्षामा खलल पुग्ने गतिविधिमा जेफ्री सिलिन र डेभिड बर्नस्टेन लागेका तथा उनीहरूले रोबर्टसँग ‘गोप्य सहयोग’ मागेर त्यसको बदलामा निजलाई आर्थिक सहयोगको प्रस्ताव गरेका जनाएको छ ।

रुसी सुरक्षा अधिकारीले पक्राउ गरेका राबर्टले भ्लादिभोस्तकस्थित अमेरिकी कूटनीतिक नियोगमा २५ वर्ष काम गरेका थिए । निजसँग अमेरिकी अधिकारीहरूले रुसका गोप्य सूचना उपलव्ध गराउन अनुरोध गरेका मस्कोको आरोप छ ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?