३२ जेठ, काठमाडाैँ । सांसद विन्दवासिनी कंसाकारले जलन उपचारका लागि जलन उपचार कोषको स्थापना गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयअन्तर्गत सुझाव प्रस्तुत गर्दै उनले जलनको विकराल समस्यालाई मध्यनजर गर्दै अन्य रोगको उपचारसरह जलन उपचार कोषको
३२ जेठ, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ। बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको हो। भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियायाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि
३२ जेठ, काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताहरुको गृहजिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरु कुन मुख लिएर जनता कहाँ जाने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसद केसीले ‘जसको हात जगन्नाथ’ भनेझैँ गरिएको टिप्पणी गरे । प्रधानमन्त्रीको
३२ जेठ, काठमाडाैँ । प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू उपस्थित नभएपछि विनियोजन विधेयक, २०८० अन्तर्गत उक्त मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल हटाइएको छ । आजको बैठकमा युवा तथा खेलकुद, वन तथा वातावरण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । मन्त्रालयगत छलफल प्रारम्भ
३२ जेठ, एजेन्सी । नयाँ रादूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ । अष्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम रोकेको छ । नयाँ दूतावास निर्माण रोकिएपछि रुस कानुनी उपचारको बाटो रोज्न बाध्य
३२ जेठ, काठमाडाैँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ । संसद्को आजको बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद ढकालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव गरे । सांसद आचार्यले ‘विनियोजन
३२ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायलयले मार्ग प्रशस्त गरिदिनुपर्नेमा जोड दिएका छन् । बैठकको आकस्मिक समयमा उनीहरुले नागरिकतासम्बन्धी विषयलाई न्यायालयले छिनो निरुपण गरिदिनुपर्ने बताए । नागरिकता नपाउँदा शिक्षा, रोजगारीलगायत आधारभूत अधिकारबाट वञ्चित भएको जनाउँदै उनीहरुले सङ्घर्षमा उत्रिएका नागरिकताविहीन नागरिकका आवाज सुन्न
३२ जेठ, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पछिल्लो समयमा पशुपतिनाथमा अनियमतता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाएका छन् । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका आलेले पशुपतिनाथमा भएका यी अनियमिताबारे आवश्यक छानबिन गरेर त्यसमा संलग्नलाई कारबाही गर्नुको
३२ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गरे । उनले भने ,“धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ? यो संसद्लाई स्पष्ट पारियोस् ।” बैठकमा आकस्मिक समय माग गर्दै सांसद पन्तले
३२ जेष्ठ ,हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने छन् । उक्त बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भइ आ–आफ्नो धारणा राख्ने