Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

गठबन्धनको सरकार बनाउन कोशी प्रदेशका सभामुख गाैतमले राजीनामा दिने


१६ श्रावण, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन् ।

सरकार दाबी गर्ने अन्तिम दिन गठबन्धनको सरकार बनाउनका लागि गौतमले राजिनामा दिएर समर्थन गर्ने बताइएको छ । यसभन्दा अघि सभामुख कै हैसियतमा गाैतमले हस्ताक्षर गरेपछि सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्ति खारेज गरिदिएको थियो ।

नेकपा माओवादी कोशी संसदीय दलका नेता ईन्द्र आङ्बोले सभामुखले राजिनामा दिने र मुख्यमन्त्रीको दाबी गर्ने बताएका छन् ।

उनले हिजोसम्म सभामुखबाट राजिनामा नदिने अडान राखेका थिए । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि उनी राजिनामा दिन तयार भएको बताइएको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?