१६ ,असोज ,मोरङ । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षपदमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान यहाँ सार्वजनिक गरिएको मतपरिणामअनुसार उनले पाँच सय १२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गरेका थिए । यस्तै
काठमाडौं, १५ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएका श्रम समस्याप्रति सरकार गम्भीर र संवेदनशील भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता तथा श्रमजीवी पत्रकार हक प्रवर्धन समिति र श्रमजीवी पत्रकार संघले मन्त्रालयमा गरेको ध्यानाकर्षण कार्यक्रममा उहाँले सञ्चार क्षेत्रमा देखिएका श्रम समस्या
१५ ,असोज ,काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी)को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् । कूल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे-रातमाटे-हेटौँडा-दमौली-न्यू बुटवल) प्रसारण लाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड भएकाले त्यसलाई तोकिएको समयमा नै सम्पन्न गराउन
१५ ,असोज ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहबीच उनिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई
पोखरा । आजदेखि पोखरा अमरसिंहमा सुरु भएको नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशनको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । मौसम खराबीका कारण समयमै उडान हुन नभएपछि अध्यक्ष ओली पोखरा नआएका हुन् । ओली नआएपछि महासचिव शंकर पोख्रेलले अधिवेशनको सम्बोधन गरेका छन् । पोखरा आउन त्रिभुवन अन्तर्राष्ट्रिय
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ । अध्यक्षका उम्मेदवार गुलावजंग शाहले सुरुवाती अग्रता लिएका छन् । १०० मत गन्दा शाहले ५२ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । अध्यक्षका अर्को उम्मेदवार मीनबहादुर शाहीले ३८ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ । प्रदेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् । संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइदिने अनुरोध गर्न आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति पौडेलले संसदीय
पोखरा । गण्डकी प्रदेशको पहिलो प्रदेश अधिवेशन आजदेखि पोखराको अमरसिंहमा सुरू भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको थियो । तर, मौसम खराबीका कारण जहाज चल्न नसक्दा उनी आउन सकेका छैनन् । अधिवेशनका लागि गण्डकी प्रदेशभरिका करिब १ हजार जना प्रतिनिधि पोखरा आइसकेका छन् । आज
१५ ,असोज ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पुर्याएर समास्या समाधान गर्ने उद्देश्यले ‘एकीकृत समाजवादी जागरण अभियान’ सुरु गरिएको बताएका छन् । पूर्वी नाका काँकरभिट्टाबाट हिजोदेखि सुरु गरिएको एकीकृत समाजवादी जागरण अभियान २०८० मेची–महाकाली यात्राको उद्घाटन गर्दै उनले युवालाई
१५ ,असोज ,लुम्बिनी । रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् । उद्योगीले आफूहरुको माग र उपभोग पनि नगरेको विद्युत् लाइनको सेवाबापतको महसुल असुल गर्न गरिएको ताकेताप्रति गुनासो गरेका हुन् । उद्योगीहरुको साझा व्यावसायिक संस्था रुपन्देही उद्योग सङ्घले