Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

यी हुन् काठमाडौं महानगरले सम्मान गरेका व्यक्तित्व


काठमाडौं। काठमाडौं महानगरपालिकाले डा. सन्दुक रुइत लगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । शुक्रबार महानगरले टुँडिखेलको सैनिक मञ्चमा आयोजित २९औँ महानगर दिवसको अवसरमा वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइत लगायतका व्यक्तिलाई सम्मान गरेको हो ।

उक्त महानगरले अभिनेत्री मनीषा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीत लगायत थुप्रै रचना प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक वैकुण्ठ मानन्धर र स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरेको हो ।

त्यसैगरी, महानगरपालिकाले एआईजी मीरा चौधरी, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, कराँतेकी राष्ट्रिय खेलाडी एरिका गुरुङ, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई पनि सम्मान गरेको छ ।

उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मानपत्र हस्तान्तरण गरेका थिए । उक्त महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले दोसल्ला र उपप्रमुख सुनिता डङ्गोलले नगद चेक हस्तान्तरण गरेकी थिइन् । सो महानगरले उनीहरूलाई महानगरले जनही १ लाख ५० हजार नगदसहित सम्मान गरेको छ ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?