Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

यी हुन् काठमाडौं महानगरले सम्मान गरेका व्यक्तित्व


काठमाडौं। काठमाडौं महानगरपालिकाले डा. सन्दुक रुइत लगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । शुक्रबार महानगरले टुँडिखेलको सैनिक मञ्चमा आयोजित २९औँ महानगर दिवसको अवसरमा वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइत लगायतका व्यक्तिलाई सम्मान गरेको हो ।

उक्त महानगरले अभिनेत्री मनीषा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीत लगायत थुप्रै रचना प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक वैकुण्ठ मानन्धर र स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरेको हो ।

त्यसैगरी, महानगरपालिकाले एआईजी मीरा चौधरी, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, कराँतेकी राष्ट्रिय खेलाडी एरिका गुरुङ, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई पनि सम्मान गरेको छ ।

उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मानपत्र हस्तान्तरण गरेका थिए । उक्त महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले दोसल्ला र उपप्रमुख सुनिता डङ्गोलले नगद चेक हस्तान्तरण गरेकी थिइन् । सो महानगरले उनीहरूलाई महानगरले जनही १ लाख ५० हजार नगदसहित सम्मान गरेको छ ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?