४ भदाै, एजेन्सी । डेनमार्क र नेदरल्याण्ड्सले अमेरिकानिर्मित एफ–१६ लडाकू विमान कीएभमा स्थानान्तरण गर्न वासिङ्टनले स्वीकृति दिएको दुई दिनपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार दक्षिणी डेनमार्कस्थित वायु सेनाको एउटा आधारशिविरमा अवतरण गरेका छन् । नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रूटले विमान हस्तान्तरण गर्ने बिषयमा स्वीकृति दिएपछि जेलेन्स्की स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे स्क्रिडस्ट्रप
४ भदाै, काठमाडाैँ । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी
४ ,भाद्र ,काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको छ । बैठकले
३ ,भाद्र ,काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाका क्षेत्रमा राज्यको लगानी घटाउन नहुने बताएकि छिन् । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को २१औँ स्थापना दिवस र साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रिय बाल कल्याण परिषद्को बजेट कटौती भएको भन्दै चिन्ता व्यक्त गरिन् । उपसभामुख रानाले सडक बालबालिकाको उद्धार,
३ ,भाद्र ,कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले पार्टीले सञ्चालन गर्ने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ का लागि नेताहरुको जिम्मेवारी तोकेको छ । पोखरामा यही भदौ २ गते बसेको प्रदेश समितिको सातौँ पूर्ण बैठकले अभियानको कार्ययोजना तथा जिम्मेवारी निश्चित गरेको हो । आगामी भदौ १६ गतेदेखि
३ ,भाद्र ,काठमाडौँ । अबको पुस्तकालय डिजिटलरूपमा विकास गरी अनलाइन र अफलाइनको माध्यमबाट पनि उपलब्ध हुने व्यवस्था गर्न दिगो विकास समितिको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको छ । सङ्घीय संसद्, राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समिति सिंहदरबारमा आयोजित कार्यक्रममा लाइब्रेरी डेभलोपमेन्ट फोरमका निर्देशक यज्ञराज भट्टले अडियो, भिडियो जस्ता सामग्रीका रूपमा पुस्तकालयलाई
३ भदाै, झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबीनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताए ।
३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री र शीर्ष नेताबीच सदन सुचारु गर्नेबारे सकारात्मक छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि बस्ने बैठकले टुङ्गो लाउने गरी संसद् खुलाउने बटम लाइनका साथ छलफल भएको जानकारी दिए । बैठकपछि सत्तचारकर्मीसँग कुरा गर्दै उनले भने, “जे कुरामा छलफल गर्नु थियो,
३ भदाै, काठमाडाैँ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को
३ भदाै, झापा । नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको औँल्याएका छन् । नेपाल विद्यार्थी सङ्घ झापाअन्तर्गत कनकाइ र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । “हामीलाई समस्या मात्रै देखाउने मान्छे चाहिएको