Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल


४ ,असोज ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि)मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् ।

केन्द्रीय कार्यसमितिमा थप २१ जना सदस्यको पार्टी कार्यालयमा आज आयोजित शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले अपानिमा भएका मतभेद तथा केही प्रश्न आएको भन्दै पार्टीभित्रैबाट समस्या हल गरिने बताए ।

पार्टीभित्रको विषय सडकमा लाने काम पार्टीको अनुशासन बुझेको जिम्मेवार नेता तथा कार्यकर्ताले गर्न नहुनेमा जोड दिँदै उनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाउँदा केही अग्रज नेता छुटेकाले उनीहरूलाई अन्य जिम्मेवारी प्रदान गरिने बताए ।

उनले केही असन्तुष्ट नेताहरूले कार्यविभाजन सच्याउन माग गरेकाले सक्षमता र योगदानका आधारमा उनीहरूको जिम्मेवारी हेरफेर हुनसक्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने विचार व्यक्त गरे ।

उनले अहिले शिक्षकहरूको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गरे । पार्टीले विभिन्न प्रदेश, जिल्ला, क्षेत्रको सन्तुलित प्रतिनिधित्व गराउन नयाँ सदस्य थप गरी केन्द्रीय समिति विस्तार गरेको थियो ।

केन्द्रीय सदस्यमा अजबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौँ), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा), दीपक केसी, (काठमाडौँ), धनबहादुर कार्की (दोलखा) र धर्म शाही (मुगु) मनोनित गरिएको छ ।

पार्टीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा नन्द बञ्जाडे (काठमाडौँ), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर), रामप्रसाद ढुङ्गाना (काठमाडौँ), लङ्क हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासीपूर्व), शिवकुमारी खनाल (काठमाडौँ), शैलेन्द्र उपाध्याय (रूपन्देही) र सुदेश पराजुली (काठमाडौँ) केन्दीय सदस्यमा मनोनित गरिएको उल्लेख छ ।

त्यसैगरी पार्टीले ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ । सो पार्टीले धेरैजसो जिल्लाको इन्चार्ज केन्द्रीय कमिटी सदस्यलाई बनाएको छ भने केहीमा पोलिटब्यूरो सदस्यलाई पनि जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी प्रदान गरेको छ । पार्टीले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।


प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?