Trending
>>   राहुल विकले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि >>   कान्तिपुरलाई मिसन पत्रकारिता भन्नु भएकोमा साधुवाद ! >>   कान्तिपुरका प्रधान सम्पादकलाई केही प्रश्न ! >>   प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीमा धेरै निजी क्षेत्र >>   लौ न प्रधानमन्त्री बनिदिनुपर्यो भनेर प्रचण्डले हप्तामा एक पटक खबर पठाउँछन्ः महामन्त्री थापा >>   रवि लामिछानेलाई काठमाडौं ल्याइयो >>   सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयोः मोहन वैद्य >>   मदनभण्डारी स्पोर्ट्स एकेडेमीले १८ खेलको राष्ट्रिय प्रतियोगिता गर्दै >>   सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी ग¥योः कृषिमन्त्री अधिकारी >>   चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

राजनिति


स्ववियु निर्वाचनः आज मनोनयनपत्र वितरण

२६ फागुन, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्न लागिएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

२६ फागुन, काठमाडाैँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन् । यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गर्नुभएको थियो । पूजा सकेर उनि आजै सुन्दरीजलस्थित विपी सङ्ग्रहालय जाने कार्यक्रम छ । त्यहाँ

क्याम्पसका लोकप्रिय विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने सिटौलानिकट विद्यार्थीको चेतावनी

२६ फागुन, काठमाडौँ । नेविसंघका सिटौलानिकट विद्यार्थीहरूले क्याम्पसमा विद्यार्थीमाझ भिजेका लोकप्रीय र स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँको बालमिकि क्याम्पसममा आयोजित नेविसंघ भेलाले स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाएर आसेपासेलाई टिकट दिइए विद्रोह गर्ने चेतावनी दिएको हो। गुटको नाममा लामो समयदेखि विधान, पद्धति र विद्यार्थीको आवाज उठाउन खोजेका

शान्ति सम्झौताविपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने माओवादी घटकको निर्णय

२६ फागुन, काठमाडाैँ। विस्तृत शान्ति सम्झौता तथा विगतमा भएका सहमतिविपरीत राजनीतिक आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको निष्कर्ष निकाल्दै माओवादी घटकले त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको जनयुद्धकालीन माओवादीका शीर्ष नेता सम्मिलित बैठकले पछिल्ला दिनमा भइरहेका गतिविधिको सामूहिक प्रतिवाद गर्ने र साझा धारणा सार्वजनिक गर्ने निर्णय

प्रचण्डविरूद्धको रिटमा आज सुनुवाइ हुने

२६ फागुन, काठमाडाैँ। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । बिहीबारका लागि पेशी तोकिए पनि हेर्न नभ्याइनेमा राखिएका कारण सो रिटको पेसी आज तोकिएको हो । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो। २०७६ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखद्वारा बधाई ज्ञापन

२६ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उनकै निवासमा पुगेर बधाई ज्ञापन गरेका छन् । मुलुककको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गरेका हुन् । नौ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार भएको

मतपरिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष बुझाइने

निर्वाचन आयोगले आज सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ । \राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो । आयोगले आज भएको राष्ट्रपतिको निर्वाचन

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान

२५ फागुन, काठमाडाैँ। नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको

को हुन् नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल ?

२५ फागुन, काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनकी श्रीमती सविता पौडेल र चार छोरी

चितवन–२ उपनिर्वाचन : दलहरूलाई चिन्ह प्रदान

२५ फागुन, काठमाडाैँ। आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा ९१० बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी

सम्वन्धित समाचारहरु