Trending
>>   भारतमा पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु >>   अमेरिकाले स्टिल र आल्मुनियमको भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुग्यो >>   टर्कीमा २३ इन्टरपोल–वान्टेड संदिग्धहरूलाई हिरासतमा लिइयो >>   मौसम : यी चार प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल जेठ १७ गते शनिबार,हेर्नूहोस् आजको राशिफल >>   १२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित >>   पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? >>   नर्सहरुसँग आईसीयूमै बरबराउँदैछन् आलम भन्छन् -“हो मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ?” >>   विदेशीएका विद्यार्थीको मानसिकता बुझाउन: ‘कथा र संवाद: मनका लागि यात्रा’ >>   अडिटरहरूको पहिचान र सम्मानको विषयमा राज्य उदासीनः अध्यक्ष पौडेल
Logo
१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

बिपी साहित्य सम्मेलनमा बिपीले नपाएको १५ वर्षमाथि विमर्श


काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको ११०औं जन्मदिनको अवसर पारेर पार्टी मुख्यालय बी.पी.नगरमा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’को दोश्रो दिन सोमबार ‘बिपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरुले धारणा राखेका छन्।

नेपाली काँग्रेस महामन्त्री गगन कुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा धारणा राखेका थिए।हरि शर्माले राजनीतिक पूर्वग्रहका कारण बीपीले दुई तिहाई बहुमतसहितको सरकाको नेतृत्व गरे पनि पूरा अवधि चलाउन नपाउँदा लोकतान्त्रिक समाजबादको आफ्नो सैद्धान्तिक अवधारणलाई व्यवहारिक रुपमा उतार्न नपाएको बताए।

बरिष्ठ अधिवक्तासमेत रहेका विपिन अधिकारीले सामाजिक र राजनीतिक न्याय तथा कानूनी शासनको अभ्यास बिपीले गर्न नपाएको बताए । अर्थबिज्ञ अच्युत वाग्लेले बिपीले समाजबादी अर्थनीति अनुशरण गर्दै अघि बढ्दा मुलुकमा आर्थिक सुधारका संकेत देखिएका थिए तर त्यसले निरन्तरता पाउन नसकेको बताए ।

आर्थिक मित्तव्ययिता र त्यसको समुचित उपयोग कसरी गर्ने भन्ने बीपीको अवधारणालाई तत्कालिन सरकारले २०१६ सालमा अभ्यास शुरुवात गरेको बताए। मञ्चला झाले बिपी नेतृत्वको सरकारले समावेसीता र समानताको पक्षमा काम गरेको स्मरण गर्दै उनको नीतिलाई आजको कांग्रेसले व्यवहारमा उतार्नु पर्ने खाँचो औल्याइन्।

नेपाली साहित्यका शिखर पुरुष महामानव बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बी.पी. नगर ललितपुरमा आइतबारबाट शुरु भएको हो । तीन दिनेमहोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुन लागेको हो । महोत्सवको दोश्रो दिन सोमबार ‘बीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको थियो । आजै गजल साँझ हुँदैछ । जहाँ ३० जना गजलकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन्।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?