Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

विवेकशील साझाको कोशी प्रदेश अधिवेशन ईटहरीमा हुने


भदौ २५ काठमाडौँ ।  विवेकशील साझा पार्टीको कोशी प्रदेश प्रथम अधिवेशन आगामी असोज १३ गते पूर्वको आधुनिक नगरी ईटहरीमा हुने तय भएको छ। विवेकशील साझा पार्टी १ नं प्रदेश आयोजक समितिको हालैको बैठकले “पहिचानको सम्मान, सहिष्णुताको संबर्धन” मूल नाराका साथ प्रदेश अधिवेशन गर्न लागेको हो।

मिडिया ब्यबस्थापन समितिका संयोजक चिरञ्जीवी रेग्मीका अनुसार प्रदेश अधिवेशन तयारीका लागि विभिन्न समिति तथा उप समिति गठन गरिएको छ। अधिवेशनले प्रादेशिक रणनीति,कार्यक्रम तथा नयाँ नेतृत्व समेत चयन गर्ने छ।

गत माघमा विवेकशील साझा पार्टीको संघीय अधिवेशन सम्पन्न भएसंगै पार्टीले संस्थागत स्वरुप कायम गर्दै अघि बढीरहेको छ। पार्टीले हालेै वागमती प्रादेशिक अधिवेशन सम्पन्न गरे लगतै १ नं प्रदेशको अधिवेशन हुन लागेको हो।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?