Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

‘बिपीले समय नपाउँदा समाजवादलाई व्यवहारिक रुपमा उतार्न पाउनुभएन’


२५ ,भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको एक सय १०औँ जन्मदिनको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’को दोस्रो दिन सोमबार ‘बिपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरूले विभिन्न धारणा व्यक्त गरेका छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बिपीले नपाएको १५ वर्ष’ विषयमा धारणा व्यक्त गरेका हुन् ।

शर्माले बिपीले दुई तिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरे पनि राजनीतिक पूर्वग्रहका कारण पूरा अवधि चलाउन नपाउँदा लोकतान्त्रिक समाजवादको आफ्नो सैद्धान्तिक अवधारणालाई व्यावहारिक रुपमा उतार्न नपाएको बताए ।

वरिष्ठ अधिवक्तासमेत रहेका विपीन अधिकारीले सामाजिक र राजनीतिक न्याय तथा कानूनी शासनको अभ्यास बिपीले गर्न नपाउनुभएको उल्लेख गरे ।

अर्थविज्ञ अच्युत वाग्लेले बिपीले समाजवादी अर्थनीति अनुसरण गर्दै अघि बढ्दा मुलुकमा आर्थिक सुधारका सङ्केत देखिएको तर त्यसले निरन्तरता पाउन नसकेको बताए ।

आर्थिक मितव्ययिता र त्यसको समुचित उपयोग कसरी गर्ने भन्ने बिपीको अवधारणालाई तत्कालीन सरकारले विसं २०१६ मा अभ्यास सुरुआत गरेको उनले बताए ।

झाले बिपी नेतृत्वको सरकारले समावेशिता र समानताको पक्षमा काम गरेको स्मरण गर्दै उनको नीतिलाई कांग्रेसले आज व्यवहारमा उतार्नुपर्ने खाँचो औँल्याईन् ।

नेपाली साहित्यका शिखर पुरुष महामानव बिपी कोइरालाको एक सय १०औँ जन्मोत्सवको अवसरमा आयोजना गरिएको महोत्सव कांग्रेस केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको हो ।

तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुँदैछ । महोत्सवको दोस्रो दिन सोमबार ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको थियो । आजै गजल साँझ भएको थियो, जहाँ ३० जना गजलकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?