८ भदाै, काठमाडाैँ । नेकपा (एमाले) ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने भएको छ। यसका लागि अब हुने प्रदेश र जिल्ला अधिवेशनमा जनप्रतिनिधिलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न रोक लगाउने भएको हो। एमालेले पार्टीका प्रदेश, जिल्ला र पालिका कमिटीका अधिवेशन गर्दा पलिकाका वडाध्यक्ष,
८ भदाै, काठमाडाैँ। ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । आज (शुक्रबार) एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । यस अगाडि मन्त्री डा.महतले विश्व
८ भदाै, एजेन्सी । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी दुई लाख डलर धरौटी बुझाएर रिहा भएका छन् । जेलका अधिकारीले लागुऔषध कारोबार, तस्करी,
८ भदाै, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विमान दुर्घटनामा वाग्नरका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युसँग आफ्नो देशको कुनै सम्लग्नता र सरोकार नरहेको बताएका छन् । “यो अवस्थासँग हाम्रो कुनै सरोकार छैन, यो निश्चित छ । मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिनलाई यात्रुको रूपमा दर्ता गरिएको एक निजी जेट दुर्घटना भएको
८ ,भाद्र ,गण्डकी । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी
८ ,भाद्र ,कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘साक्षर कर्णाली प्रदेश
७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्ट्रोफिट भइरहेको सिंहदरवारको पश्चिम खण्डको काम छिटो सम्पन्न निर्देशन दिनुभएको छ । आज रेक्ट्रोफिट भइरहेको भवनकाे स्थलगत अनुगमन गर्दै उहाँले छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भुकम्पले क्षति पुर्याएको सिंहदरवालाई रेक्ट्रोफिट गरेर पुनः पुरानै अवस्थामा पुननिर्माण गर्नु सुखद
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाम्रो देशबाट रोजगारीमा गएका नागरिकहरूका समस्या समाधानमा ब्रेक थ्रू गर्ने गरी योजना तयार गर्न निर्देशन दिनुभएको छ । भाद्र ७ गते, सिंहदरवारमा आयोजित श्रम आप्रवासन सम्वन्धी विद्यमान समस्या तथा समाधानसम्वन्धिमा छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका
७ ,भाद्र ,पाटन, (ललितपुर) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माणसम्बन्धी कार्यक्रमको वार्षिक समीक्षामा उनले नेपालको मेडिकल शिक्षा अन्तर्राष्ट्रियस्तरमा राम्रो छ भन्ने सन्देश रहेको बताए
७ ,भाद्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनकरूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ