Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

महिला सांसद सम्मानित


१४ ,असोज ,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना प्रतिनिधिसभाको महिला सांसद र प्रदेशसभाको सदस्यलाई सम्मान गरेको छ ।

पार्टीको सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजवादी महिला सङ्घ नेपाल केन्द्रीय समितिद्वारा शनिबार आयोजित कार्यक्रममा उनिहरुलाई सम्मान गरेका हुन् ।

पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारी अनुसार यसरी सम्मानित हुनेमा सांसद सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जुकुमारी ठाकुर, र मञ्जु शर्मा अन्सारी छन् ।

यसैगरी राष्ट्रियसभाका सांसद प्रमिला यादव तथा प्रदेशसभाका सदस्य निर्मला तावा, सुरिताकुमारी साह, किरणकुमारी साह, शोभा देवी, ललिता दास, साहिदा खातुन, ममतादेवी मण्डल, अम्बिका काफ्लेसहित१३ सांसदलाई सम्मानित भएका थिए ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?