Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

आगामी चुनाव माओवादी एक्लै लड्छ : उपमहासचिव शर्मा


विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आगामी चुनाव माओवादी एक्लै लड्ने र एक्लै बहुमत ल्याउने दावी गरेका छन् । माओवादी केन्द्र विराटनगर महानगर समितिले शनिवार आयोजना गरेको एकदिने स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले सो कुरा बताएका हुन् । माओवादी केन्द्रको संगठन बिभाग प्रमुख समेत रहेका शर्माले भने, ‘०८४ को चुनाव माओवादी एक्लै लड्छ र अहिले सरकारले गरेको लोकप्रिय कामको बलमा बहुमत पनि स्पष्ट ल्याउँछ ।’ पटक–पटक अर्को दलसँग मिलेर लड्दा माओवादीको आफ्नो स्वत्व हराएको र मतदाता अलमलिएको भन्दै शर्माले अब एकल रुपमा चुनाव लड्ने निर्णय नै गरेर अघि बढ्ने बताए ।

माओवादीले हरेक पटक सरकारमा जाँदा लोकप्रिय काम गरिरहेको तर त्यसको जस लिन नसकेको भन्दै नेता शर्माले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्ने गरी गरेका कामको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टी रुपान्तरण अभियान चाडबाडको बेलामा पनि जारी रहने बताए ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?