Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आगामी चुनाव माओवादी एक्लै लड्छ : उपमहासचिव शर्मा


विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आगामी चुनाव माओवादी एक्लै लड्ने र एक्लै बहुमत ल्याउने दावी गरेका छन् । माओवादी केन्द्र विराटनगर महानगर समितिले शनिवार आयोजना गरेको एकदिने स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले सो कुरा बताएका हुन् । माओवादी केन्द्रको संगठन बिभाग प्रमुख समेत रहेका शर्माले भने, ‘०८४ को चुनाव माओवादी एक्लै लड्छ र अहिले सरकारले गरेको लोकप्रिय कामको बलमा बहुमत पनि स्पष्ट ल्याउँछ ।’ पटक–पटक अर्को दलसँग मिलेर लड्दा माओवादीको आफ्नो स्वत्व हराएको र मतदाता अलमलिएको भन्दै शर्माले अब एकल रुपमा चुनाव लड्ने निर्णय नै गरेर अघि बढ्ने बताए ।

माओवादीले हरेक पटक सरकारमा जाँदा लोकप्रिय काम गरिरहेको तर त्यसको जस लिन नसकेको भन्दै नेता शर्माले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्ने गरी गरेका कामको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टी रुपान्तरण अभियान चाडबाडको बेलामा पनि जारी रहने बताए ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?