Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछ : केन्द्रीय सदस्य राणा


काठमाडौं : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले काङ्ग्रेसले आफ्नो कार्यशैली र कार्यनीति सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय पुराना राजनीतिक दलहरुप्रति युवाहरुमा मोह घटेको उल्लेख गर्दै युवालाई केन्द्रमा राखेर काङ्ग्रेसले आफ्नो नीति तथा कार्यक्रम बनाउनुपर्ने बताए ।

शनिबार सिन्धुली काङ्ग्रेसको दुधौली नगरपालिकाको नगर सम्मेलनको उद्घाटन कार्यक्रममा उनले भने, “काङ्ग्रेसको आफ्नो कार्यशैली र सोच बदल्ने बेला आएको छ । युवाहरूलाई पार्टी संगठनमा जोड्ने र उनिहरूमा आशा जगाउने कार्यक्रमहरू ल्याउनुपर्छ ।”

उनले पछिल्लो समय काङ्ग्रेस सकियो भनेर अपवाह फैलाउन खोजिएको बताए । नयाँ राजनीतिक दलहरूको उदयले परम्परागत दलहरूको भविष्यलाई लिएर टिकाटिप्पणी हुने गरेक‍ो उल्लेख गर्दै उनले कांग्रेसभित्र निराशा देखिएपनि आत्तिने अवस्था नरहेको प्रष्ट पारे । “२०६४ सालको चुनावपछि पनि काङ्ग्रेस सकियो भन्थे, तर हामी २०७० मा हामी फर्कियौ । अहिले फेरि त्यहि भाष्य निर्माण गर्न खोजिदैछ। तर आत्तिनुपर्ने बेला छैन । हामी संयमीत भएर आफ्नो कार्यशैली सच्याएर अगाडि बढ्यौ भने अर्को चुनाव बहुमत ल्याउन सक्छौं । हामी निरास होइन, सङ्गठित भएर गाउँ गाउँमा कृयाशील हुनुपर्छ ।”

पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता राणाले लोकप्रिय कुरा गरेर चर्चामा आउने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गरेर कांग्रेस सरकार सञ्चालनको स्पष्ट दृष्टिकोण अगाडि आउने सके आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने दावी गरे ।

“यो भएन, त्यो भएन भनेर मात्रै हुदैन । अब हामी विकल्प दिएर अगाडि बढ्ने हो। काङ्ग्रेस एक्लै चुनावमा जाने सामर्थ्य राख्छ । त्यसका लागि हामी सुध्रिन र सच्चिन जरुरी छ,” उनले भने, “अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि पार्टीले एकल बहुमत ल्याउदैन । त्यसैले यसमा पुनर्विचार गर्नुपर्छ। समानुपातिक व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ ।”


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?