Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

कोशीको एमाले उपाध्यक्षमा चेम्जोङ सर्वसम्मत, अरू पदमा आज चुनाव


विराटनगर । नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन् । उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन् । उनी यसअघि पनि प्रदेश कमिटी उपाध्यक्ष थिए । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी परेको छ । अध्यक्षसहित चार पदाधिकारीका लागि आज निर्वाचन हुनेछ । सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ ।

लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन् भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् । दुई उपसचिवका लागि भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीको उम्मेदवारी दर्ता भएको छ । २१५ सदस्यीय प्रदेश कमिटीमा इलामबाट १५ जना सदस्य पनि सर्वसम्मत चयन भएका छन् ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?