काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाकाे तलव बराबरको रकम दिनुहुने भएको छ । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सो कोषमा राष्ट्रपति पौडेलले सो रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
काठमाडौ । राष्ट्रपति रामचन्द्र पाैडेलले स्वास्थमन्त्री माेहनबहादुर बस्नेतसंग भूकम्पबाट भएका घाइतेहरूकाे शिघ्र तथा प्रभावकारी उपचार सेवामा कुनै कसर बांकी नराख्न आग्रह गर्नुभएको छ । बुधबार राष्ट्रपति भवन शितलनीवासमा मन्त्री बस्नेतसंग उहाले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावितहरूकाे अवस्था,उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएपछि साे आग्रह गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले
२२ ,कात्तिक ,काठमाडौँ । नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका उद्धार तथा राहतको कामप्रति धन्यवाद दिँदै प्रभावित क्षेत्रमा फैलन सक्ने महामारीप्रति सचेत हुँदै राहतका अघि बढाउने निर्णय गरेको संयन्त्रका प्रमुख
काठमाडौं। नेकपा एमालेले धनगढीमा राख्ने भनेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ । बुधबारको सचिवालय बैठकले आगामी ६ मंसिरमा मिति तोक्दै काठमाडौंमै केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको हो । त्यस्तै, मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियानबारे निर्णय गर्न ढिलाइ हुने भएकाले काठमाडौंमा नै बैठक रख्ने निर्णय गरिएको उपमहासचिव
काठमाडौं । प्रवासी नेपाली एकता समाज अमेरिकाको निमन्त्रणमा कार्तिक ९ गते अमेरिका प्रस्थान गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन १२ दिने अमेरिका भ्रमणपछि स्वदेश फर्किएका छन् । अमेरिकामा उनले अमेरिकाको वाशिडंटन डिसी , ईन्डियाना, ओहायो, टेक्सास, बाल्टिमोर, न्यूयोर्क लगायतका मुख्य शहरहरूमा ठूलो संख्याका नेपाली समुदाय, पानसका विभिन्न समितिहरूसँग
२२ ,कात्तिक ,कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलले सात दिनको पारिश्रमिक जाजरकोट भूकम्पपीडितलाई प्रदान गर्ने निर्णय गरेको छ । सो दलका प्रमुख सचेतक कुशुम बुढा पुनले दलको आजको बैठकले दलका सदस्यहरुको एक साताको पारिश्रमिक भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिईन् । “विपद्
२२ ,कात्तिक ,काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १२ः४५ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा जाजरकोट भूकम्प, पार्टीले सञ्चालन गर्न थालेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायत विषयमा छलफल हुने प्रमुख गौतमले बताए ।
२२ ,कात्तिक ,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्छिन् । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमाथि लामो कर्मकाण्डी बहस–छलफल भए पनि त्यसमा समावेश गर्न दिइएका सुझाव र संशोधन नसमेटिएकामा उनि तीव्र असन्तुष्टि व्यक्त
काठमाडौंः भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीर बहादुर पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले थप उपचारका लागि आफू चढ़ेको जहाज़मा सुर्खेतबाट संगै काठमाडौ ल्याउनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिका बेला आडभरोस गर्ने कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गरेका छन् । सबैले मिलेर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा विस्तृत शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरु बीच आज छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निष्ठ अविछिन्न रहेको प्रतिबद्धता व्यक्त गर्दै त्यसको विरुद्ध हुने अराजकताकाे विरूद्ध डटेर सामना गर्ने बताए । बैठकलाई सम्बोधन