Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

विपद्सँग जुध्ने संरचना निर्माणमा विद्यालय पहिलो प्राथमिकतामा राखौँः उपप्रमुख डंगोल


काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनले धेरै संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनः निर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेकोमा जोड दिइन् । विद्यालयको पुनः निर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने डङ्गोलको भनाइ रहेको छ ।

उनले भनिन्, ‘हाम्रो देश भूकम्पको जोखिममा विश्वमा ११औँ नम्बरमा पर्छ । त्यो भनेको नेपालमा कुनैपनि बेला भूकम्प आउन सक्छ । त्यसका लागि महत्त्वपूर्ण पाटो सबै सधैँ तयार हुनुपर्छ । पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको छ । आगामी दिनमा भूकम्पमात्रै नभई विभिन्न विपद्‍बाट जोगिन संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्छ । भूकम्प लगायतका विपदमा हामीले हाम्रो स्थानीय प्रविधि प्रयोग गर्न सक्ने क्षमता छ, त्यो प्रयोग गरौँ ।’


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?