Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

विपद्सँग जुध्ने संरचना निर्माणमा विद्यालय पहिलो प्राथमिकतामा राखौँः उपप्रमुख डंगोल


काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनले धेरै संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनः निर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेकोमा जोड दिइन् । विद्यालयको पुनः निर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने डङ्गोलको भनाइ रहेको छ ।

उनले भनिन्, ‘हाम्रो देश भूकम्पको जोखिममा विश्वमा ११औँ नम्बरमा पर्छ । त्यो भनेको नेपालमा कुनैपनि बेला भूकम्प आउन सक्छ । त्यसका लागि महत्त्वपूर्ण पाटो सबै सधैँ तयार हुनुपर्छ । पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको छ । आगामी दिनमा भूकम्पमात्रै नभई विभिन्न विपद्‍बाट जोगिन संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्छ । भूकम्प लगायतका विपदमा हामीले हाम्रो स्थानीय प्रविधि प्रयोग गर्न सक्ने क्षमता छ, त्यो प्रयोग गरौँ ।’


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?