Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

देश विकास गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः सांसद सुवाल


काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विकास गर्न नसक्ने हो भने राजीनामा दिनुपर्ने बताएका छन् ।

२६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरूको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव समेत दिएका छन् ।

उनले अघिल्लो सरकारहरूले गरेको भएपनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए । राणा शासन र पञ्चायत विरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताउदै जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी समेत दिएका छन् ।

उनले भने, ‘हाम्रा प्रधानमन्त्रीहरूसँग देश विकासको खाकै छैन । अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भने, अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो । प्रधानमन्त्रीको भनाइ । अघिल्लो सरकारहरूले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि । होइन भने राजीनामा दिएर घर बसे भइहाल्यो नि । राणा शासनको विरुद्ध लडेको, पञ्चायतको विरुद्ध लडेको बहुदल र गणतन्त्र अब केही गर्न सकिँदैन भनेर हुन्छ । जनतालाई धोका दिने सिंहदरबार कब्जा गरेर । हामीले धोका दिन र भाग्न पाइँदैन भनेका छौँ । प्रधानमन्त्री भएर भाग्न पाइन्छ । यस्तो नेतृत्व भएसम्म सारा नेपाली विदेशमा छन् । २ हजार ३१८ जना एक वर्षमा नेपाली डाक्टर विदेश पठायो सरकारले । नेपाली जनताले उपचार गर्नुपर्दैन । असल चरित्रको प्रमाण पत्र दिने रे । तपाईँको काम के हो भनेर सरकारलाई सोध्दा विदेश जाने डाक्टरलाई असल चरित्रको प्रमाणपत्र दिने । परराष्ट्रमन्त्रीलाई के हो काम भन्दा राहदानी बाँड्ने रे । हाम्रो प्रधानमन्त्री र मन्त्रीको काम कस्तो लाजमर्दो । परराष्ट्रमन्त्रीले एउटा बैठकमा मलाई अहिले साह्रै गाह्रो दिनको सात हजार राहदानी वितरण गर्नुपर्छ रे । देशलाई नर्क बनाउने काम भएको छ । निर्वाचनमा जित्नु मात्रै ठूलो कुरा होइन । अहिलेसम्मको बहुदल र गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले यस्तो चासो नै राखेको छैन ।’

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताएका छन् । उनले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्ष दिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिए । २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा जनचेतनामूलक शैक्षिक प्रदर्शनी गरिएको हो ।

भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा जनचेतनामूलक शैक्षिक प्रदर्शनी भएको हो ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?