२ चैत्र, ललितपुर। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् । बिहीबार उनले नेपाली काँग्रेस ललितपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी पनि एमालेसँगको गठबन्धनबाट टाढिएको बताए । उनले गठबन्धनमा पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री हुने र त्यसपछि माधव नेपाल हुने बताउँदै अन्तिममा शेरबहादुर देउवा हुने
१ चैत्र ,काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ को मतपत्रको नमूना सार्वजनिक गरेको छ । उक्त निर्वाचनका लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको छ । सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा
१ चैत्र ,काठमाडौँ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत दश दलको बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा समझदारी गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकबारे जानकारी दिँदै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले भने, “विशेषतः उपराष्ट्रपतिको निर्वाचनका निम्ति दश दलबीच समझदारी कायम
१ चैत्र ,काठमाडौँ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत सत्तारुढ दश दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठकमा यही चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । कांग्रेस, माओवादी केन्द्र, जनता
१ चैत्र ,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि नेपाली राजदूत किकुता उताकाले आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका थिए । सो समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सांसद, नेपाल सरकारका विशिष्ट पदाधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।
१ चैत, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताए । बैठकले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने
१ चैत, काठमाडाैँ । सरकारले मन्त्री र कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको छ । अब मन्त्री र कर्मचारीहरू अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा जान नपाउने भएका छन् । मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले अतिआवश्यक अवस्थामा बाहेक
१ चैत, एजेन्सी। अष्ट्रेलियाका एक पूर्वप्रधानमन्त्रीले चीनलाई लक्ष्य गरेर भएको आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री पाउल किटिङले सोमबार संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौतालाई ‘ठूलो दुस्साहस’ एवम् गम्भीर त्रुटी भन्नुभएको छ । सम्झौताका कारण अष्ट्रेलिया द्वन्द्वमा फस्न सक्ने र त्यसले घातक परिणाम
१ चैत, काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि विहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ ।
१ चैत, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी बीच पार्टी एकता भएको छ । यसबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै विप्लवले एमाले-माओवादीले गरेको संसदीय अभ्यास असफल भएको बताउँदै कम्युनिष्टहरु