Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

शिक्षक महासङ्घलाई वार्तामा आउन सरकारको आग्रह


२ ,असोज ,काठमाडौँ । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै महासङ्घलाई वार्ताका लागि बोलाएको हो ।

“महासङ्घले आकस्मिक रुपमा संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा भोलि असोज २ गते दिउँसो ३ बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासङ्घलाई आग्रह गर्दछ”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सरकारले विद्यालय शिक्षा विधेयक २०८० संसद्मा दर्ता गरिसकेको र महासङ्घले उठाएका माग विधेयकमा अटाएको मन्त्रालयको दाबी छ ।

“विधेयकलाई अन्तिम रुप दिनुअघि महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासङ्घले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेसागत हकहितसँग सम्बन्धित सुझावलाई यथासक्य विधेयकमा समावेश गरिएको छ”, मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “महासङ्घले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात् तर्जुमा हुने नियमावली तथा सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेका छन् ।”

महासङ्घले अघि सारेका मागलाई सम्बोधन गर्न सरकार तयार रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।


प्रकाशित मिति: २ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?