Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

भारत र क्यानडाको कूटनीतिक सम्बन्धमा दरार बढेको छ


 

२ ,असोज ,एजेन्सी। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबै देशले एक-अर्काका एक-एक जना कूटनीतिज्ञलाई देश निकाला गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदिप सिंह निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव चुलिएको हो। गत असारमा खलिस्तानी टाइगर फोर्स प्रमुख निज्जारको गोली हानी हत्या गरिएको थियो।

सोमबार संसदमा बोल्दै प्रधानमन्त्री ट्रुडोले निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएका थिए। एउटा क्यानडेली नागरिकको हत्या सह्य नहुने उनको भनाइ थियो। त्यसपछि क्यानडाले एक जना भारतीय कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेको थियो। जवाफमा भारतीय विदेश मन्त्रालयले क्यानडाका प्रधानमन्त्रीको आरोप तथ्यहीन भएको बताएको थियो।आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरेपछि बदलामा भारतले पनि मंगलबार एक जना क्यानडाका कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनेको छ। गुरद्वाराबाहिर गोली हानी हत्या गरिएका निज्जारलाई भारतले सन् २०२० मा आतंककारी घोषणा गरेको थियो।

भारतमा केही शिखहरूले पञ्जाबमा छुट्टै खलिस्तान देश बनाउने आन्दोलन गरिरहेका छन्। सुरूमा भारतको पञ्जाबमा खलिस्तान बनाउने र पछि पाकिस्तानको पञ्जाबबाट खलिस्तान भूमि गाभ्ने भन्दै उनीहरूले आन्दोलन गरिरहेका छन्। निज्जारले क्यानडामा त्यही खलिस्तानको अभियानलाई अघि बढाएका थिए। क्यानडामा ठूलो संख्यामा भारतीय मूलका शिखहरू बस्छन्।
गत वैशाखमा पक्राउ परेका वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता अमृतपाल सिंह पनि खलिस्तानी अभियन्ता थिए। उनलाई अहिले असमको जेलमा राखिएको छ।


प्रकाशित मिति: २ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?