Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

भारत र क्यानडाको कूटनीतिक सम्बन्धमा दरार बढेको छ


 

२ ,असोज ,एजेन्सी। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबै देशले एक-अर्काका एक-एक जना कूटनीतिज्ञलाई देश निकाला गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदिप सिंह निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव चुलिएको हो। गत असारमा खलिस्तानी टाइगर फोर्स प्रमुख निज्जारको गोली हानी हत्या गरिएको थियो।

सोमबार संसदमा बोल्दै प्रधानमन्त्री ट्रुडोले निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएका थिए। एउटा क्यानडेली नागरिकको हत्या सह्य नहुने उनको भनाइ थियो। त्यसपछि क्यानडाले एक जना भारतीय कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेको थियो। जवाफमा भारतीय विदेश मन्त्रालयले क्यानडाका प्रधानमन्त्रीको आरोप तथ्यहीन भएको बताएको थियो।आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरेपछि बदलामा भारतले पनि मंगलबार एक जना क्यानडाका कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनेको छ। गुरद्वाराबाहिर गोली हानी हत्या गरिएका निज्जारलाई भारतले सन् २०२० मा आतंककारी घोषणा गरेको थियो।

भारतमा केही शिखहरूले पञ्जाबमा छुट्टै खलिस्तान देश बनाउने आन्दोलन गरिरहेका छन्। सुरूमा भारतको पञ्जाबमा खलिस्तान बनाउने र पछि पाकिस्तानको पञ्जाबबाट खलिस्तान भूमि गाभ्ने भन्दै उनीहरूले आन्दोलन गरिरहेका छन्। निज्जारले क्यानडामा त्यही खलिस्तानको अभियानलाई अघि बढाएका थिए। क्यानडामा ठूलो संख्यामा भारतीय मूलका शिखहरू बस्छन्।
गत वैशाखमा पक्राउ परेका वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता अमृतपाल सिंह पनि खलिस्तानी अभियन्ता थिए। उनलाई अहिले असमको जेलमा राखिएको छ।


प्रकाशित मिति: २ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?