१७ भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उहाँहरुबीच आज मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित
१७ भदाै, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ। आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । भदौ ४ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव
१७ भदौ, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने उनले बताए । नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आज आयोजना गरेको अन्तक्र्रियामा नेता महरले भने– “सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ ।
१७ भदाै, काठमाडाैँ । सिंहदरबारमा रहेको ‘हेलो सरकार’ अब २४ घण्टा नै सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबामा सो कार्यक्रममा सहभागी हुनुहुँदै हेलो सरकार २४ नै घण्टा सञ्चालन गर्ने कार्यक्रमको सुरुवात गरेका हुन् ।
१७ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) श्रीलंका जाने भएका छन् । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतको खेल हेर्न बालेन हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् । एसिया कपमा नेपाल र भारतले सोमबार प्रतिस्पर्धा गर्दैछ । अर्को चरणमा जानका लागि नेपालले जित्नै पर्ने दबाब
१७ भदाै, काठमाडाैँ । नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो। बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ
१७ भदाै, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्रीलङ्का प्रस्थान गरेका छन् । सोमबार हुने भारत र नेपाल बिचको क्रिकेट प्रतियोगितामा नेपालको समर्थन गर्न उनी श्रीलङ्का प्रस्थान गरेका हुन् । उनको साथमा पत्नी निकिता पाैडेल पनि गएकी छिन् । नेपालले भोली श्रीलङ्काको पलेकेले इन्टरनेसनल क्रिकेट स्टेडियमा भारतविरूद्ध खेल्दैछ । ६ टोली
१७ भदौ, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिए । उनका अनुसार उक्त बैठकमा आगामी माघमा तय भएको
१७ भदाै, एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालोङकोर्नले स्रेथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गरेका छन् । शनिबार प्रकाशित राजपत्रमा उल्लेख भएअनुसार राजाले छ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४ जना मन्त्रीलाई नियुक्त गरेका छन् । गठबन्धन सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीले रक्षा, अर्थ,
१७ भदौ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटै जिल्लामा आज विस्तारित बैठकको आह्वान गरेको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यही भदौ ११ गतेको मधेस