Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

राजनिति


बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ : सांसद भट्टराई

२३ जेष्ठ ,काठमाडौँ । सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले मुलुक आर्थिक सङ्कटको अवस्थामा रहेको भन्दै त्यसको निकास खोज्न बृहत् आर्थिक सम्मेलन गर्न सरकारलाई सुझाव दिएका हुन्

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल

२३ जेठ, बाजुरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे ।

मेरो सरकारमा उकालो लागेको अर्थतन्त्र अहिले ओरालो लाग्दै गयो : अध्यक्ष ओली

२३ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्रलाई

तोकिएको समयमा संसद् बैठक सुरू नहुँदा निराश हुँदै फर्किए विद्यार्थी

२३ जेठ, काठमाडाैँ । “लाष्टै दुःख लाइराछ...’’ तोकिएको समयमा संसद्को बैठक सञ्चालन नभएपछि निराश भएर विद्यालय फर्कँदै गरेका विद्यार्थी समृद्धि तिमिल्सिनाको दुःखेसो हो यो । राष्ट्रियसभाको आजको बैठक सुरुमै सूचना टाँसेर स्थगन भयो । प्रतिनिधिसभाको बैठक दुई घण्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना

चुरोट कारखाना सञ्चालनको पक्षमा छैनौँ : मन्त्री रिजाल

२३ जेठ, जनकपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको पक्षमा नरहेको बताएका छन् । चुरोटले मानव स्वास्थ्यमा विभिन्नखालका समस्या सिर्जना गर्ने गरेका कारण सरकार चुरोट कारखाना सञ्चालनको पक्षमा नरहेको बताए । मन्त्री रिजालको सम्मानका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले मंगलबार आयोजना गरेको कार्यक्रमलाई

करका दर हेरफेर आफैँले गरेको हुँ, श्रेष्ठले टाइपमात्रै गरेका हुन् : अर्थमन्त्री महत

२३ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणमा बजेट तर्जुमा दिग्दर्शनमा उल्लेखित पदाधिकारी मात्रै बसेर करका दर निर्धारण गरिएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सदस्यहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताबारे उठाएको जिज्ञासामा उनले आधिकारिक व्यक्ति मात्रै बसेर करका दरलाई वैज्ञानिक

नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराँती

२३ जेठ, ओखलढुङ्गा। सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवद्र्धन आजको आवश्यकता भएको बताएका छन् । ओखलढुङ्गाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको आज यहाँ सुरु भएको घोषणा कार्यक्रममा मन्त्री किराँतीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा

अर्थ मन्त्रालयमा पूर्वकर्मचारीकाे नियुक्तिबारे स्पष्ट पार्न माग

२३ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ र नेपाली कांग्रेसका सांसद रामहरि कार्कीले विगतदेखि हालसम्म ती पूर्वकर्मचारीलाई नियुक्त गरिएको हो भन्ने प्रश्न गरे । सांसद डा अमरेशकुमार सिंहले उक्त विषयमा

कोशी प्रदेशमा माओवादीका मन्त्रीले दिए राजिनामा

२३ जेठ, विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादीका मन्त्री राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट राजीनामा दिएका हुन् । ‘कोशी प्रदेश सरकारमा मन्त्री भई कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनितिक परिस्थितिका कारण नेकपा

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई समावेश गरिएको भन्दै संसद्मा एमालेको विरोध

२३ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् । पूर्वनिर्धारित समयभन्दा तीन घन्टापछि सुरु भएको बैठकको सुरुमै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध गर्न थालेपछि सभामुखले नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय

सम्वन्धित समाचारहरु