Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

नेपाल दुई हात्तीबिचको बाघ हो : कांग्रेस नेता निधि


२७ ,असार ,राजस्थान । नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले भारत र चीनलाई हात्तीको संज्ञा दिदैं नेपाल यी दुई ठूला देशको बीचमा रहेको बाघ भएको बताएका छन्।

जनार्दन राय नागर राजस्थान विद्यापीठमा मंगलबार आयोजित नेपाल भारत सम्बन्ध बिषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन्। उनले नेपालको स्वाभिमानी मुलुक भएको उल्लेख गर्दै इतिहासमा कहिल्यै कसैको उपनिबेशमा नपरेको स्पष्ट पारे।

भारतको स्वतन्त्रता आन्दोलनमा बीपी कोइराला, सुवर्ण शम्सेर, गणेशमान सिंह, मनमोहन अधिकारी, महेन्द्रनारायण निधि, रामनारायण मिश्र जस्ता नेताहरुले सहयोग गरेको स्मरण गर्दै उनले त्यसको बदलामा भारतले पनि नेपालको लोकतन्त्र पुनर्बहालीमा सहयोग गरेको स्मरण गरे।

भारतमा लोकतन्त्र सुदृढ भए नेपालको लोकतन्त्रलाई सहयोग पुग्ने र नेपालमा लोकतन्त्र सुदृढ भए भारतको लोकतन्त्रलाई पनि सहयोग पुग्ने निधिको भनाई थियो। आर्थिक नीतिका सन्दर्भमा पनि दुबै देश एकअर्कामा निर्भर भएको उनले बताए।

छिमेकीका नाताले चीन र भारतसंग नेपालको पुरानो सम्बन्ध भएको उनले चर्चा गरे। निधिले भने, ‘चीनसंग नेपालको मित्रता छ, भारतसंग नाता छ।’ त्रेतायुगमा सीता र रामको बिबाह भएको चर्चा गर्दै निधिले नेपाल भारतीच बेटी रोटीको सम्बन्ध रहेको उल्लेख गरे। नेपाललाई भारत बिरोधी देशका रुपमा नबुझ्न नेता निधिले भारतीयहरुलाई आग्रह गरे।

नेपालमा भारत बिरोधी कोही पनि नभएको भन्दै उनले नेपालका कम्युनिष्टहरुले समेत भारतमा भूमिगत जीवन बिताएको सन्दर्भ उल्लेख गरे। त्यस अवसरमा जनार्दन राय नागर राजस्थान विद्यापीठका उपकुलपति शिबसिं सारंगदेवले भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक सम्बन्धबारे चर्चा गरेका थिए। मंगलबार नै नेता निधि भूपाल नोवेल विश्वविद्यालयमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए।

त्यस अबसरमा सो विश्वविद्यालयका कूलपति शिबसिं सारंगदेवले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाई भबिश्यमा सहयोग आदानप्रदानका लागि विश्वविद्यालयका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?