Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

सुदुरपश्चिम प्रदेश सहसंयोजकमा शाही


२७ ,असार ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार उनलाई सो पदमा नियुक्त गरेका हुन् । शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत हुन्।

त्यसैगरी अध्यक्ष लिङ्देनले कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गरेका छन् । पार्टीका गतिविधिलाई जनस्तरमा पुर्याएर सङ्गठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।

यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?