Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

सुदुरपश्चिम प्रदेश सहसंयोजकमा शाही


२७ ,असार ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार उनलाई सो पदमा नियुक्त गरेका हुन् । शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत हुन्।

त्यसैगरी अध्यक्ष लिङ्देनले कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गरेका छन् । पार्टीका गतिविधिलाई जनस्तरमा पुर्याएर सङ्गठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।

यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?