काठमाडौँ। संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ ।
काठमाडौँ । नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह आज काठमाडौँ फर्किने हुनुभएको छ । एक साताबढीको पश्चिम नेपालको बसाइ सकेर शाह निर्मल निवासका लागि फर्किदै हुनुहुन्छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले शाहको काठमाडौँ फर्किने कुरालाई उत्सवको रूपमा मनाउने भएको छ । राप्रपाले ठूलो लगानी गरेर त्रिभुवन विमानस्थलदेखि गौशलासम्म सबडकको दुबै किनारामा
काठमाडौं । ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा हुने स्वागत र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी नहुने भएका छन् । पार्टीले यसको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ ।
काठमाडौं । भोलि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कने र उनका समर्थकहरूले 'भव्य' स्वागतको तयारी गरेसँगै सुरक्षा व्यवस्थामा व्यापक व्यवस्था गर्न तयारी गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकमा लिएको निर्णय अनुसार विभिन्न सुरक्षा निकायका तर्फबाट सुरक्षाकर्मीहरूको परिचालन गरिनेछ। सुरक्षा योजना अनुसार, नेपाल प्रहरीले काठमाडौंमा ‘आवश्यक’ संख्यामा फौज परिचालन गर्नेछ। जिल्ला प्रहरी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच शीतल निवासमा शनिबार साँझ भेट भएको हो । उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ । फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय भएको एक नेताले बताए । राजावादी गतिविधि बढिरहेको अवस्थामा उनीहरूको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित
काठमाडाैं । नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राजाको पक्षमा बोल्दै भन्छन् - "हरेक स्कुलमा एकजना हेडमास्टर चाहिन्छ, कलेजमा एउटा प्रिन्सिपल चाहिन्छ भने झैँ देशमा एउटा राजा चाहिन्छ भन्नू सरल कुरा हो । अनि हामीले त्यही कुरा उठायो भने यो नेमकिपाले के गर्छ भन्छ !
काठमाडौँ । आइतबार हुने राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलामा १० हजार मान्छे उपस्थित हुने गृह मन्त्रालयले आँकलन गरेको छ। पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्। राप्रपा, दुर्गा प्रसाईसहितका राजतन्त्र पुनस्थापना पक्षधरहरूले राजाको स्वागतलाई भव्य बनाउने तयारी अगाडि
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा भोटको राजनीति भन्दा माथि रहने संस्था भएको बताएका छन् ।शनिवार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन उनले यस्तो बताएका हुन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरुले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिएका थिए । उक्त
काठमाडौँ। राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संसद बाहिर शक्ति खोज्नु भनेको नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन बढी नोक्सानतर्फ लैजाने काम भएको टिप्पणी गरेका छन् । शुक्रवार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै