Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

राजनिति


मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : केपी ओली

३ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताएका छन्। एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले दुई नेताले छोडेर गएको अभिभारा पूरा गर्नुपर्ने बताए ।

कांग्रेस नेता बरालको निधन

३ जेठ, पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको निधन भएको छ । पार्टीको महाधिवेशन प्रतिनिधि एवम् नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका उनको उपचारका क्रममा काठमाडौँको ह्याम्स अस्पतलामा मङ्गलबार निधन भएपछि आज पोखराको रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको हो । बरालको

सञ्चारमन्त्री शर्माको निर्देशनपछि चार गुणा घट्यो टेलिकमको रोमिङ महसुल

३ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ । अन्तर्राष्टिय दूर सञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका

राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा अर्को मानहानी मुद्दा

३ जेठ, एजेन्सी । काङ्ग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ । उक्त अदालतले मुद्दाको फैसला केही समयपछि गर्ने जनाएको छ । न्यायाधीश अम्बुजनाथको इजलासमा बहस समाप्त भएको छ भने दुवै पक्षलाई बहसको सारांश पैश गर्न आदेश दिइएको छ । काङ्ग्रेस नेता राहुल गान्धीले सन् २०१८

शोषण र निरङ्कुशताविरुद्ध पार्टी प्रतिबद्ध छ : माधव नेपाल

३ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । ३०औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले आज विज्ञप्ति जारी गर्दै जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता

३ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका

मदन भण्डारी माक्सवादलाई सिर्जनशीलरुपमा प्रयोग गर्ने नेता

३ जेष्ठ ,काठमाडौँ । /शरद् शर्मा :आज मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसका अवसरमा आज मदन नगर बल्खुस्थित पुरानो पार्टी कार्यालयमा ‘मदन–आश्रित स्मृति कार्यक्रम’

कांग्रेस रूपान्तरण अभियान घोषणा

२ जेष्ठ ,काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान घोषणा गरेका छन् । कांग्रेसका युवा नेताहरूले आज पत्रकार सम्मेलन गरी देशभरका सातै प्रदेशमा कांग्रेस रूपान्तरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसभित्रको कमी कमजोरीबाट फाइदा उठाएर देशको राजनीतिमा

साहित्यकार हुन परिस्थिति मात्रै हैन, मनस्थिति पनि चाहिन्छ : महामन्त्री शर्मा

२ जेष्ठ ,पाटन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यकार हुन परिस्थिति मात्रै नभई, मनस्थिति पनि चाहिने बताएका छन् । ललितपुरमा साहित्यकार वसन्तश्रीको ११औँ कृति हिमाल खण्डकाव्यको आज विमोचन गर्दै उनले लेखिरहँदा जति सन्तुष्टि प्राप्त हुन्छ राजनीतिबाट त्यति सन्तुष्टि प्राप्त हुन नसक्ने बताए । हुम्लाको सिमकोटमा जन्मिएका वसन्तश्री मानसरोवर बहुमुखी

राप्रपाको केन्द्रीय समिति बैठकमा प्रतिवेदनहरु प्रस्तुत

२ जेष्ठ ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक, साङ्गठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरु प्रस्तुत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ शीर्षकको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजङ्ग गुरुङको सचिवालयसम्बन्धी, महामन्त्री धवलशम्शेर राणाको साङ्गठनसम्बन्धी, कोषाध्यक्ष निलकण्ठ काफ्लेको आर्थिकसम्बन्धी र

सम्वन्धित समाचारहरु