२३ जेष्ठ ,काठमाडौँ । सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले मुलुक आर्थिक सङ्कटको अवस्थामा रहेको भन्दै त्यसको निकास खोज्न बृहत् आर्थिक सम्मेलन गर्न सरकारलाई सुझाव दिएका हुन्
२३ जेठ, बाजुरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे ।
२३ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्रलाई
२३ जेठ, काठमाडाैँ । “लाष्टै दुःख लाइराछ...’’ तोकिएको समयमा संसद्को बैठक सञ्चालन नभएपछि निराश भएर विद्यालय फर्कँदै गरेका विद्यार्थी समृद्धि तिमिल्सिनाको दुःखेसो हो यो । राष्ट्रियसभाको आजको बैठक सुरुमै सूचना टाँसेर स्थगन भयो । प्रतिनिधिसभाको बैठक दुई घण्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना
२३ जेठ, जनकपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको पक्षमा नरहेको बताएका छन् । चुरोटले मानव स्वास्थ्यमा विभिन्नखालका समस्या सिर्जना गर्ने गरेका कारण सरकार चुरोट कारखाना सञ्चालनको पक्षमा नरहेको बताए । मन्त्री रिजालको सम्मानका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले मंगलबार आयोजना गरेको कार्यक्रमलाई
२३ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणमा बजेट तर्जुमा दिग्दर्शनमा उल्लेखित पदाधिकारी मात्रै बसेर करका दर निर्धारण गरिएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सदस्यहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताबारे उठाएको जिज्ञासामा उनले आधिकारिक व्यक्ति मात्रै बसेर करका दरलाई वैज्ञानिक
२३ जेठ, ओखलढुङ्गा। सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवद्र्धन आजको आवश्यकता भएको बताएका छन् । ओखलढुङ्गाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको आज यहाँ सुरु भएको घोषणा कार्यक्रममा मन्त्री किराँतीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा
२३ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ र नेपाली कांग्रेसका सांसद रामहरि कार्कीले विगतदेखि हालसम्म ती पूर्वकर्मचारीलाई नियुक्त गरिएको हो भन्ने प्रश्न गरे । सांसद डा अमरेशकुमार सिंहले उक्त विषयमा
२३ जेठ, विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादीका मन्त्री राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट राजीनामा दिएका हुन् । ‘कोशी प्रदेश सरकारमा मन्त्री भई कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनितिक परिस्थितिका कारण नेकपा
२३ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् । पूर्वनिर्धारित समयभन्दा तीन घन्टापछि सुरु भएको बैठकको सुरुमै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध गर्न थालेपछि सभामुखले नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय