Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

कांग्रेस बैठकमा नेताहरूको धारणा राख्नेक्रम जारी


३ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबारदेखि सुरू भएको बैठकमा आज केन्द्रीय सदस्यहरू जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु बास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ र सीताकुमारी रानाले आआफ्ना धारणा व्यक्त गरेका थिए ।

यसैगरी बैठकमा केन्द्रीय सदस्यहरू सुशीला ढकाल (आचार्य), गणेश लामा, रूपा विक, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गङ्गा शाही र सीतादेवी देवकोटा, आमन्त्रित प्रदेश सभापतिहरू कृष्णप्रसाद यादव (मधेस प्रदेश), इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजङ्ग शाही (कर्णाली प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश) ले आफ्ना धारणा व्यक्त गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार प्रारम्भ बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी र अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए ।

यसैगरी प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरेका थिए । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि छलफल भइरहेको छ ।

आजको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेका र धारणा राख्नेक्रम जारी रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस बैठक भोलि साउन ४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्नेछ ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?