२८ चैत्र, तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका छन् । कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ–१ मा कांग्रेसको तर्फबाट उम्मेदवार रहेका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले लाग्न सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्ने बताएका हुन्
२८ चैत्र, काठमाडाैँ । प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ । मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो । विधेयकमा समेट्ने विषय र प्रक्रियाका विषयमा
२८ चैत्र, काठमाडाैँ । सरकारले वृद्धभत्ता रोक्ने विषयमा छलफल अगाडी बढाएको छ । अर्थतन्त्र धरापमा परेपछि केही थामथुम गर्नका लागि सरकारले यस विषयमा छलफल थालेको हो । यसअघि अर्थमन्त्रालयका सचिव तोयम रायले सरकारले लामो समयसम्म सुरक्षा भत्ता बाड्न नसक्ने बताएका थिए । उनले कुनै योगदानबिना १०० अर्ब बाड्न गाह्रो पर्ने बताएका
२८ चैत्र, काठमाडाैँ । सभामुख निवासमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । बालुवाटारमा भएको उक्त बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् । एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी
२८ चैत्र, काठमाडाैँ । 'चक्रे मिलन'का नामले परिचित मिलन गुरुङ अत्याधुनिक हतियार ‘एके–४७’को सुरक्षा घेरामा देखिएका छन् । उनी शान्तिसुरक्षालाई चुनौती दिँदै एके–४७को सुरक्षा घेरामा देखिएका हुन् । नेपालगन्जको सिद्धार्थ होटलमा उनका बडिगार्डले एके–४७ बन्दुक लिएर उनको पछाडी हिँडेको भिडियो टिकटकमा पोस्ट भएको छ । अहिले यो भिडियोले चर्चा पाइरहेको छ
२८ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणबारे छलफल गर्न पार्टीले अनुशासन आयोगको बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धारामा ११ बजे बस्ने गरी बैठक बोलाइएको हो । सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको बारेमा छलफल हुने जनाइएको छ । आइतबार सांसद
२७ चैत ,नवलपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । आज सडकको स्थलगत अनुगमन गर्दै उनले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । उनले नारायणगढबाट बुटवलसम्मको एक सय १४ किलोमिटर लामो सडकको
२७ चैत ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)सहित माओवादी घटकहरुले आज आयोजना गरेको ‘नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय’ विषयक अन्तरक्रियामा उनले सङ्क्रमणकालीन न्याय दशवर्षे द्वन्द्वकालीन समयको भएको हुनाले आयोगबाटै निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । “सङ्क्रमणकालीन
२७ चैत ,काठमाडौँ । सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता आज सकारात्मक रुपमा टुङ्गिएको छ । सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले उनीहरुका तर्फबाट ल्याइएको ६ बुँदे मागका विषयमा सकारात्मक छलफल भएको जानकारी दिए । आइतबार शान्तिवाटिकामा भएको वार्ता आज भने गृह मन्त्रालयमा भएको थियो ।
२७ चैत्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, “मैले नै