Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चाडपर्वले नेपालीलाई एकतामा बाँध्छ : प्रदेश प्रमुख खापुङ


२ ,कात्तिक ,मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालीले मनाउने चाड पर्वले सबैलाई एकतामा बाँध्ने गरेको बताएका छन्।

मोरङ व्यापार सङ्घद्वारा आज यहाँ बडादसैँ, तिहार,नेपाल संवत् र छठपर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले हिमाल, पहाड र तराईमा बसोवास गर्ने सम्पूर्ण नेपालीबीच सामाजिक सद्भाव कायम गर्न चाडपर्वले महत्त्वपूर्ण योगदान पुर्याएको धारणा राखे ।

प्रदेश प्रमुख खापुङले सबै जातजातिले एकअर्काको भाषा, संस्कृतिप्रति सम्मान गर्नुपर्नेमा जोड दिँदै यसबाट मुलुकमा शान्ति, विकास र समृद्धि कायम हुने विश्वास व्यक्त गरे ।

शुभकामना कार्यक्रममा सङ्घका अध्यक्ष नवीन रिजाल, पूर्वमन्त्री अमनलाल मोदी, प्रदेशसभा सदस्य अमृत अर्याललगायतले ऐतिहासिककालदेखि नेपालीले मनाउने चाडपर्वले एकापसमा सामाजिक सद्भाव कायम राखेको विचार राखे ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?