Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

चाडपर्वले नेपालीलाई एकतामा बाँध्छ : प्रदेश प्रमुख खापुङ


२ ,कात्तिक ,मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालीले मनाउने चाड पर्वले सबैलाई एकतामा बाँध्ने गरेको बताएका छन्।

मोरङ व्यापार सङ्घद्वारा आज यहाँ बडादसैँ, तिहार,नेपाल संवत् र छठपर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले हिमाल, पहाड र तराईमा बसोवास गर्ने सम्पूर्ण नेपालीबीच सामाजिक सद्भाव कायम गर्न चाडपर्वले महत्त्वपूर्ण योगदान पुर्याएको धारणा राखे ।

प्रदेश प्रमुख खापुङले सबै जातजातिले एकअर्काको भाषा, संस्कृतिप्रति सम्मान गर्नुपर्नेमा जोड दिँदै यसबाट मुलुकमा शान्ति, विकास र समृद्धि कायम हुने विश्वास व्यक्त गरे ।

शुभकामना कार्यक्रममा सङ्घका अध्यक्ष नवीन रिजाल, पूर्वमन्त्री अमनलाल मोदी, प्रदेशसभा सदस्य अमृत अर्याललगायतले ऐतिहासिककालदेखि नेपालीले मनाउने चाडपर्वले एकापसमा सामाजिक सद्भाव कायम राखेको विचार राखे ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?