Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

बिआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी: झलनाथ खनाल


२ ,कात्तिक ,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य तथा आर्थिक विकासका निम्ति भएको बताएका छन् ।

बेल्ट एण्ड रोड फाउण्डेशनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता खनालले समतामूलक, समृद्ध र प्रगतिशील विश्व व्यवस्थाका लािग बिआरआई महत्वपूर्ण हुने बताउनुभएको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय विदेश विभाग सचिव शङ्कर खतिवडाले राससलाई जानकारी दिए ।

बिआरआईले विश्वभरका जनतालाई एकापसमा व्यापार गर्न, आपसी मूल्य, मान्यताबाट सिक्न र पारस्परिक सहयोगलाई प्रवर्द्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको नेता खनालले बताए ।

उनले भने–चीनले अगाडि सारेको बिआरआईले विश्वभर रहेका मानिसको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पनालाई पुनः फिर्ता ल्याएको छ । बिआरआईका माध्यमबाट नेपालले आर्थिक विकासमा गति लिने विश्वास उनले व्यक्त गरे ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?