२० चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । उनले प्रधानमन्त्री भएको १०० दिनमा गरेका उपलब्धिमुलक कामहरू सार्वजनिक गरेका हुन् । गत पुष १० गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले १०० दिनको कामलाई ३७ बुँदामा सार्वजनिक गरेको छ । यस्ता छन् प्रधानमन्त्री प्रचण्डका १००
२० चैत्र, बारा । बारा- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् । उनले उम्मेदवारी दर्तापछि आँफुले सबैलाई अचम्मित पार्ने खालको मत ल्याएर विजयी हुने दाबी समेत गरेका छन् । पूर्व डीआईजीसमेत रहेका खरेलले आफु सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्ने प्रतिबद्धता पनि व्यक्त गरेका
२० चैत्र, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णीम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् । यो क्षेत्रमा गत निर्वाचनबाट विजयी भएका कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति
२० चैत्र, काठमाडाैँ । बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनी समर्थकको ठूलो भीडसहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उक्त क्षेत्रमा लाई कांग्रेस, नेकपा समाजवादी, नेकपा माओवादी र लोकतान्त्रिक समाजवादीले
२० चैत्र, तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर–१ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गराएका हुन् । यसभन्दा अघि यसै क्षेत्रबाट नेकपा एमालेका सर्वेन्द्र खनालले पनि उम्मेदवारी दर्ता
२० चैत्र, तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० मा हुने उपनिर्वाचनबाट गोविन्द भट्टराईलाई विजयी गराउन आग्रह गरेका छन् । उनले तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले तनहुँको माटो चिनेको र उनलाई पनि तनहुँले चिनेको भन्दै उनलाई जिताउन आग्रह गरेका हुन् । उनले सभामा
२० चैत्र, तनहुँ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नेकपा एमालेका सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ- १ मा उम्मेदवारी दर्ता गराएका हुन् । खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन् । उक्त क्षेत्रबाट मंसिरमा चुनाव जितेका रामचन्द्र पाैडेल राष्ट्रपतिमा विजयी भएपछि
२० चैत्र, काठमाडाैँ । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको राजनीतिलाई पूर्णविराम लगाउनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्ने टिप्प्णी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,'राजनीतिमा अराजनीतिक तत्वको प्रवेशले लोकतन्त्र, समानुपातिक समावेशिता,
२० चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट दर्ता भएको हो । आइतबार युवराज पौडेल ‘सफल’ले लिएर गएको रिट मुख्य रजिस्ट्रारले अध्ययन गरेपछि सोमबार दर्ता भएको
२० चैत्र, एजेन्सी । फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीलाई तेस्रो स्थानमा राखेको छ । मतगणनाको अन्तिम परिणामले मध्यदक्षिणपन्थी राष्ट्रिय गठबन्धन पार्टी (एनसीपी) लाई २०.८ प्रतिशत मतसहित