Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


२२ ,असोज ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी होनहार युवाको निधन भएको घटनाले आफू मर्माहत भएको बताएका छन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

आजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनामा दिवङ्गत भएका नेपालीप्रति सम्मान गर्न यही असोज २३ गते राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्रीले इजरायल सरकारसँग समन्वय गरी निधन भएका नेपाली नागरिकको शव नेपाल ल्याउने पहल थालिसकेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले दुःखद घडीमा धैर्यपूर्वक अघि बढ्न सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा अपिल गरेका छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?