Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

बुटवल बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी


बुटवल । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ । संघको २५औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । १५०६ मत खसेको मध्ये अर्यालले ७७६ मत प्राप्त गर्दा श्रेष्ठले ६८९ मत प्राप्त गरे । ७ जना पदाधिकारीका लागि भएको निर्वाचनमा सचिव वाहेक सबै पदमा अर्याल प्यानलले जितेको छ । उद्योग उपाध्यक्षमा ७७८ मत ल्याएर सुरज भट्टराई विजयी भएका छन् । भट्टराई नेकपा एमाले निकट हुन् । उनका प्रतिस्पर्धी नवीनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे । महासचिवमा मुक्तिप्रसाद अधिकारी ७६० मतका साथ विजयी हुँदा प्रतिस्पर्धी बाबुराम विकले ६९८ मत पाए । कोषाध्यक्षमा ८०९ मतका साथ वसन्तप्रसाद ढकाल विजयी हुँदा प्रतिस्पर्धी प्रकाशकुमार श्रेष्ठले ६४४ मत पाए । सचिवमा अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए । सहकोषाध्यक्षमा ८३० मतका साथ धनकुमारी खनाल विजयी हुँदा प्रतिस्पर्धी जाकिर हुसेनले ६३३ मत पाए । एशोसियट सदस्यमा भने श्रेष्ठ प्यानलबाट बालकृष्ण पौडेल ७५१ मतका साथ विजयी भए ।

सदस्यहरुमा उद्योग तर्फ दिपक प्रसाद चापागाई, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्यतर्फ सदस्यहरुमा गणेश प्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टिकाराम बन्जाडे विजयी भएका छन् । खुल्ला सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् । ७० वर्ष लामो इतिहास भएको संघमा हालसम्म दुई कार्यकाल वाहेक अन्य सबै अधिवेशनमा कांग्रेस निकट नेवार समुदायका व्यवसायीले मात्रै जित्दै आएका थिए भने अहिले अध्यक्षका दुवै उम्मेदवार नेपाली कांग्रेस निकट थिए । अर्याललाई पार्टीभित्रको संस्थापन पक्षको र श्रेष्ठलाई संस्थापनइतरको समर्थन रहेको थियो ।

 


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?