Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

राजनिति


कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट आज हेर्न नभ्याइनेमा

२४ असार, काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा राखिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेसँगै मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको हो । आज बेन्चमा धेरै मुद्दा परेका कारण एकल इजलास बस्न नभ्याइने बताइएको छ

प्रतिनिधिसभाको बैठक चल्न दिने तीन दलका शीर्ष नेताहरुको सहमति

२४ असार, काठमाडाैँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा सङ्घीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डको अनुरोधमा दुई घण्टा सारियो प्रतिनिधिसभाको बैठक

२४ असार, काठमाडाैँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घण्टा पछाडि सारिएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सारेका हुन् । टेलिफोन सम्वादमा सभामुख घिमिरेले तीन शीर्ष तेनाबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामना समेत

एमालेले चल्न दिएन राष्ट्रियसभाको बैठक, भोलीसम्मका लागि स्थगित

२४ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । बैठक प्रारम्भ

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू

२४ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा  शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा रसहभागी छन्

प्रधानमन्त्री प्रचण्डका ज्वाइँ बने कोशी प्रदेशमा मन्त्री

२४ असार, काठमाडाैँ । कोशी प्रदेशमा तीन नयाँ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले थप तीन जनालाई मन्त्री नियुक्त गरेका हन् । मुख्यमन्त्री थापाले माओवादीका दुई र कांग्रेसका एक जनालाई मन्त्री नियुक्त गरे छन् । त्यस्तै, माओवादी र कांग्रेसबाट मन्त्री नियुक्त भएसँगै एकीकृत समाजवादीले भने असन्तुष्टि जनाएको छ ।

मन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् । दक्षिण कोरियाको बुसान सहरमा आयोजित विश्वका मन्त्रीस्तरीय ग्रामीण विकास सम्बन्धी सम्मेलनमा सहभागी भई मन्त्री मोदी गएराति स्वदेश फर्किएका हुन् । मन्त्री मोदी असार १८ गते दक्षिण कोरिया प्रस्थान गरेका थिए । दक्षिण कोरियामा रहँदा मन्त्री मोदीले

दुई साताभित्र सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइन्छ : स्वास्थ्यमन्त्री बस्नेत

२३ असार ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताएका छन् । सेवामूलक गैरसरकारी संस्था विजेन नेपालनवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय

सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन

२३ असार ,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गरेका छन् । भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उनले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पुर्याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गरेका हुन् । सो अवसरमा पूर्वप्रधानमन्त्री

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया थाल्छौँ : प्रधानमन्त्री

२३ असार ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापनाका लागि सरकारले तत्काल पहल गर्ने बताएका छन्  । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्दै प्रधानमन्त्रीले सो मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताएका हुन् ।

सम्वन्धित समाचारहरु