Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

बन्दूकधारीको आक्रमणमा परी भाजपा नेताको मृत्यु


२७ श्रावण, एजेन्सी । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।

भारतको उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ३५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा रहेको आफ्नो घर बाहिर हिँडिरहेका ३४ वर्षीय अनुज चौधरीलाई बिहीबार साँझ मोटरसाइकलमा आएका तीन जनाले गोली हानेका थिए।

चौधरीलाई तत्काल स्थानीय अस्पतालमा लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले यस सम्बन्धमा मुद्दा दर्ता गरेको छ र आरोपीलाई पत्ता लगाउने प्रयास गरिरहेको छ।

प्रहरीले भनेको छ, ‘अभियुक्तलाई पक्राउ गर्न पाँच वटा टोली गठन गरिएको छ। उनीहरुलाई चाँडै नै पक्राउ गरी कडा कानूनी कारवाही गरिने प्रहरीद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।चौधरी आफ्नो क्षेत्रमा स्थानीय चुनावमा पराजित भएका भाजपाका सक्रिय सदस्य हुन्।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?