Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

बन्दूकधारीको आक्रमणमा परी भाजपा नेताको मृत्यु


२७ श्रावण, एजेन्सी । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।

भारतको उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ३५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा रहेको आफ्नो घर बाहिर हिँडिरहेका ३४ वर्षीय अनुज चौधरीलाई बिहीबार साँझ मोटरसाइकलमा आएका तीन जनाले गोली हानेका थिए।

चौधरीलाई तत्काल स्थानीय अस्पतालमा लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले यस सम्बन्धमा मुद्दा दर्ता गरेको छ र आरोपीलाई पत्ता लगाउने प्रयास गरिरहेको छ।

प्रहरीले भनेको छ, ‘अभियुक्तलाई पक्राउ गर्न पाँच वटा टोली गठन गरिएको छ। उनीहरुलाई चाँडै नै पक्राउ गरी कडा कानूनी कारवाही गरिने प्रहरीद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।चौधरी आफ्नो क्षेत्रमा स्थानीय चुनावमा पराजित भएका भाजपाका सक्रिय सदस्य हुन्।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?