Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमबारे राष्ट्रसंघीय सुरक्षा बैठकमा समीक्षा हुने


२७ श्रावण, एजेन्सी । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाको मानव अधिकार उल्लङ्घन रेकर्ड, विश्व शान्ति र सुरक्षासँग कसरी सम्बन्धित छ भनेर समीक्षा गर्न अगस्ट १७ मा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सार्वजनिक बैठकलाई अनुरोध गरेको भ्वाइस अफ अमेरिका (भीओए)ले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डका अनुसार उत्तर कोरियाले यस वर्ष अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रका साथै ठूलो सङ्ख्यामा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाले कोरियाली प्रायद्वीपको तनावपूर्ण स्थितिका लागि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई जिम्मेवार ठह¥याउँदै आएको छ र आफ्नो क्षेप्यास्त्र कार्यक्रम आफ्ना प्रतिद्वन्द्वीहरूलाई धम्काउन र ‘भय उत्पन्न गर्न’ बनाइएको दाबी गर्दै आएको छ ।

दक्षिण कोरिया, जापान र अल्बानियाका राजदूतहरूसँगको संयुक्त अन्तक्र्रियामा ग्रिनफिल्डले भने, ‘हामीलाई थाहा छ, उत्तर कोरियाली सरकारको मानव अधिकार उल्लङ्घनले सामूहिक विनाशका गैरकानुनी हतियार र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई अगाडि बढाउन मद्दत पु¥याउँछ ।’

‘सुरक्षा परिषद्ले किम सरकारले आफ्ना नागरिक, जापान र गणतन्त्र कोरियालगायत अन्य सदस्य राष्ट्रका नागरिकविरुद्ध दिनहुँ हुने आतंक, दुव्र्यवहार र अपराधलाई सम्बोधन गर्नुपर्छ’ अमेरिकी राष्ट्रसंघका लागि अमेरिकी कुटनीतिज्ञले भने । संयुक्त राज्य अमेरिकाले यसै महिना १५ सदस्यीय सुरक्षा परिषद्को आलोपालो अध्यक्षता गर्दैछ र थोमस–ग्रीनफिल्डले मानव अधिकार मुख्य विषय हुने बताएका छन् ।

सन् २०१७ पछि उत्तर कोरियामा अधिकारका विषयमा परिषद्ले पहिलोपटक सार्वजनिक सत्र आयोजना गर्न लागेको हो र ग्रीनफिल्डले यसलाई ‘लामो समयदेखि पर्खाइमा रहेको’ बताएका छन् । रूस र चीनले सुरक्षा परिषद् मानव अधिकारका विषयमा छलफल गर्ने उपयुक्त स्थान नभएको तर्क गर्ने गरेका छन् ।

तर, बिहीबार पत्रकारहरूलाई ब्रिफिङ गर्ने एक वरिष्ठ अमेरिकी अधिकारीले उत्तर कोरियाको डब्लूएमडी (सामूहिक विनाशको हतियार) र ब्यालिस्टिक क्षेप्यास्त्र प्रगतिबीचको सम्बन्धबारे अन्य कुनैपनि फोरममा ध्यान केन्द्रित नभएको बताउँदै यो नै उपयुक्त फोरम हुने बताए ।

मस्को र बेइजिङले बैठक रोक्न प्रक्रियागत मतदानका लागि आह्वान गर्न सक्छन् । त्यसपछि परिषद्का १५ सदस्यमध्ये नौ जनाले बैठक सञ्चालनका लागि प्रस्तावको पक्षमा मतदान गर्नुपर्नेछ । वरिष्ठ अमेरिकी अधिकारीका अनुसार सुरक्षा परिषद्मा पर्याप्त समर्थन प्राप्त गर्ने सन्दर्भमा वासिङ्टन ‘सहज स्थानमा’ छ ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?