१६ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको सीमित स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशित
१६ श्रावण, काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जाने भएको छ । पार्टीकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले पार्टीले १ मन्त्री १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएको जानकारी दिएकी छिन् । आज बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र
१६ श्रावण, काठमाडाैँ । सङ्घीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक मङ्गलबार दिउँसो १ बजेबाट बस्दैछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । सङ्घीय
१६ श्रावण, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल
१६ श्रावण, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमै फर्किएका छन । सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती पुरानै घरमा फर्किएको एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले बताए । एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग पार्टी प्रवेशका लागि उप्रेती सोमबार साझ ओली निवास
१६ श्रावण, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन् । सरकार दाबी गर्ने अन्तिम दिन गठबन्धनको सरकार बनाउनका लागि गौतमले राजिनामा दिएर समर्थन गर्ने बताइएको छ । यसभन्दा अघि सभामुख कै हैसियतमा गाैतमले हस्ताक्षर गरेपछि सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्ति खारेज गरिदिएको थियो । नेकपा माओवादी
१६ श्रावण, विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गरेका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गरेका हुन् । उनले कोशीमा सत्ता गठबन्धनकै सरकार बन्ने बताउँदै नेतृत्व आफूले गर्ने दाबी
१६ श्रावण, काठमाडाैँ । विपक्षी दलबाट अवरोध सदन खुलाउने विषयमा सभामुख देवराज घिमिरेद्वारा आज १२ बजे बैठक आह्वान गरेका छन् । बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो । मङ्गलवार (बिहान) प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका
१६ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकार पाँच वर्षसम्म कायम रहने बताएका छन्। उनले अब गठबन्धन सरकार दायाँबायाँ नहुने स्पष्ट गरे। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कर्मचारीले खिर खाने दिन (साउन १५) का अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै
१६ श्रावण, एजेन्सी । म्यान्मारको सैनिक सरकारले सङ्कटकालीन अवस्थालाई लम्ब्याउँदै आम निर्वाचनमा विलम्ब हुने सङ्केत गरेको छ । संविधानतः सङ्कटकालीन अवस्था अन्त्य भएको छ महिनाभित्र आम निर्वाचन गराउनुपर्छ । यही अगस्टमा आम निर्वाचन गराउने वाचा गरेको म्यान्माको वर्तमान सरकारले आज सङ्कटकाल थप छ महिना लम्ब्याएको घोषणा गर्दै चुनाव नहुने सङ्केत गरेको