Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

भ्रष्टाचारीलाई कांग्रेसमा ठाँउ छैन : महामन्त्री थापा


१६ भदाै, झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारका कारण नै जनतामा निराशा छाइरहेको बताएका छन्। एकले अर्काको काण्ड देखाउने भन्दै तर्साउने कार्यले जनता आजित भएको जनाउँदै उनले यस्तो बताएका हुन्।

शनिबार झापाको धुलावारीमा नेपाली कांग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै थापाले जनतामा निराशाबाट आशामा जोगाउनका लागि नेपाली कांग्रेसले जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने बताए । ‘‘भ्रष्टाचार र बेथितिका कारण निराश बनेका जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ’’, उनले भने।

थापाले जतिपनि भ्रष्टाचारका प्रकरण भएका छन् त्यसको एउटा/एउटाको छानबिन हुनुपर्ने आफूहरुको धारणा रहेको बताए। ‘‘गिरीबन्धु टि स्टेट, सुन काण्डलगायतका सबै प्रकरणको निष्पक्ष छानबिनको पक्षमा हामी छौं’’, उनले भने।

एकले अर्काको काण्डको विषयमा सार्वजनिक रुपमा नै पोल खोल्छु भन्दै हिँड्ने नेताको उनले आलोचना गरे।

‘‘निर्दोष कोही पनि नपरोस् र दोषी मेरो पार्टी होस् या अरुको पार्टी कोही पनि छुट्नु हुँदैन’’, महामन्त्री थापाले भने। ‘‘नेपाली कांग्रेसको नेता होस यो कार्यकर्ता होस्। भ्रष्टाचार तथा अपराधमा मुछिएको छ भने त्यसलाई जोगाउनु हुन्न। हाम्रो पार्टीले समेत जोगाउदैन’’, उनले भने। नेपालको संविधानले दण्डनीय भनेका कार्यहरु गर्नेलाई कांग्रेस भित्र छुट नहुने उनको भनाइ छ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?