३ वैशाख ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उनले खोपलाई निरन्तरता दिन सम्बन्धित पक्ष, स्वास्थ्य स्वयम्सेविका र जनप्रतिनिधिहरूलाई विशेष चनाखो हुन आग्रह गरे । मुख्यमन्त्री कार्कीले व्यवस्थित बसोबास
३ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन् । ओली आइतबार सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या देखिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, 'भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ
३ वैशाख, काठमाडाैँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन् । मन्त्रालयमा आज पदभार सम्हाल्दै उनले नेपाल शान्तिपूर्ण मुुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे । मन्त्री साउदले भने, “हामीले आगामी दिनमा पनि विश्वका
३ वैशाख, काठमाडाैँ । नेकपा एकीकृत समाजवादी की राष्ट्रिय सभा सदस्य नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा उनलाई सपथ ग्रहण गराएका छन् । भाैतिक पूर्वाधार मन्त्री भने एकीकृत समाजवादीका प्रकाश ज्वाला नियुक्त भइसकेका छन् ।
३ वैशाख, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति समक्ष नव नियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । साउद कञ्चनपुर
३ वैशाख, काठमाडाैँ । नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले मिटरब्याज पीडितको जग्गा लिलामी तत्काल रोक्नुपर्ने र पीडितको पक्षमा सरकारले इमानदारिता देखाउनुपर्ने बताएका छन् । मिटरब्याज पीडितको धर्नास्थल शान्तिबाटिका पुगेर पौडेलले मिटरब्याज जघन्य शोषण भएकाले यसलाई अन्त्य गर्न आफू पूर्ण रुपले प्रतिबद्ध रहेको बताए । "सरकारले पहिला असोज १
३ वैशाख, काठमाडाैँ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो
३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई दिएको भारत भ्रमणको निम्तो बुझाएको जानकारी दिइएको छ । गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड विदेश भ्रमणमा गएका छैनन् । तर, उनको भ्रमणको मिति
३ वैशाख, काठमाडाैँ । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सुचना पढेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले बैठकमा प्रधानमन्त्री आउन छोडेको भन्दै खोजीको आग्रह गरेका हुन् । उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।
३ गते, वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकार आज आठौं पटक विस्तार हुँदैछ । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका सांसद नारायणप्रकाश(एनपी) साउदलाई नियुक्त गरेका छन् । नवनियुक्त परराष्ट्रमन्त्री साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण हुने जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।