Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

‘मुलुकको आर्थिक अवस्थामा निकै चुनौती छ’


१६ ,कात्तिक ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि कृषिलाई ध्यान दिएर स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।

उनले भने, “देशको अवस्थालाई हेर्नुु छ भने विमानस्थलमा पुगेर हेर्नुपर्छ । विदेश गएर युवा कुन अवस्थामा छन् । देशको नेतृत्व गर्नेले कत्तिको देश र जनताप्रति इमान्दार भएर काम गरिरहेका छौँ त ?”

नेपालीले अनेकौँ चुनौतीको सामना गर्दै आएको बताउँदै अध्यक्ष नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको र व्यवसायीमा पनि सङ्कट रहेको उल्लेख गरे ।

विप्रेषण पनि दैनिक उपभोग्य वस्तुमा खर्च भएको बताउँदै उहाँले योजना निर्माण र बजेट विनियोजनमा त्रुटी रहेको औँल्याए ।

“कृषिजन्य धेरै वस्तु आयात गरिरहेका छौ । हामीले आफ्नै देशमा उत्पादन गर्न सक्ने चिज पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । नेपालमै कृषि उत्पादन बढाउन राज्य चुकेको छ । भ्रष्टाचार गर्ने महारोगबाट नेपाललाई मुक्त गर्नुपर्छ”, अध्यक्ष नेपालले भने, “सरकारले राज्य प्रणालीलाई पारदर्शी बनाउनुपर्छ । इमान्दारिता, पारदर्शिता, जनताको पीडा र वेदनालाई महसुस गरेर अघि बढौँ ।”

इजरायलमा १० नेपाली विद्यार्थीको हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुसल फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने माग गरे ।


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?