Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

‘दलबीच समीक्षात्मक बैठक जरुरी छ’


१६ ,कात्तिक ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन दलहरूबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताएका छन् ।

आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार भेटघाटका क्रममा प्रवक्ता सापकोटाले हालै दलका शीर्ष नेताहरूबीच द्विपक्षीय तथा सामूहिकरूपमा समेत छलफल भएको जानकारी दिँदै उनले सबै शीर्ष नेताहरू शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विषयमा गम्भीर रहेको बताए ।

उनले भने, “पार्टीहरूबीच भएको छलफल सकारात्मक रहेको र अब १२ बुँदेका पक्षधरहरूको बीचमा समीक्षासहितको बैठक बसेर कमी–कमजोरी औँल्याउँदै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक सहभागितालगायतको कार्यान्वयनको पनि समीक्षा गर्न जरुरी छ ।”

उनले हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

संसारभरि जलवायु परिवर्तनको असर परिरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा सगरमाथाको आधार शिविरमा समेत पुगी विश्वभर एउटा सन्देश दिएकाले त्यसप्रति विश्वलाई सोच्न बाध्य गराएको पनि उनले बताए ।

पार्टीले चलाइरहेको रुपान्तरण अभियान पार्टीको रुपान्तरणका साथै राज्यको पनि शुद्धीकरण अभियान भएको बताए । जारी अभियानबाट विगतमा पार्टीमा भएको अन्तरविरोध समाधान हुँदै गएको दाबी पनि प्रवक्ता सापकोटाको थियोे । माओवादीको रुपान्तरण अभियानले अन्तरविरोध हल हुँदै गएको उनको भनाई थियो ।


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?