त्रिवेणी,रुकुम पश्चिम। जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप नगद वितरण गरिएको छ । कूल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना मृतकका परिवारले नगद प्राप्त गरेका हुन् । सानीभेरी गाउँपालिकाका–६ का १० मृतक परिवारलाई रु १६ लाख, आठबीसकोट नगरपालिकाका ३७
काठमाडौं। भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनेको कार्यविधिलाई केही संशोधन गरेर सरलीकृत गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनाइएको ‘भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८०’ लाई केही संशोधन गर्दै सरल बनाइएको
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका-६ स्थित पाटन बजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच शाखाको समुद्घाटन गरेका छन् । त्यस्तै, नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५१ पुगेको छ । उक्त बैंकले ३५१ शाखा, ३६९ एटीएम,
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरी बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८५० रुपैयाँ रहेको छ । त्यसैगरी, आज चाँदीको बिक्री मूल्य
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ
११ ,मङ्सिर ,त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् । आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु गरिएका योजनाले अझैसम्म पूर्णता पाउन सकेका छैनन्
काठमाडौं। सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौंमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । सो लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो ।
काठमाडौं। हप्ताको पहिलो दिन आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बढेर एक हजार नौ सय सात दशमलव ९५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । त्यसैगरी आज छ्याङ्दी
चितवन। नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको हो । भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा नै सडक भत्काएर अलपत्र अवस्थामा रोकिएको छ । त्यस्तै, डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई रमेश
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् । राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्री डा. महतले सामाजिक सुरक्षा भत्तामा अहिले राज्यको क्षमताभन्दा बढी रकम खर्च भइरहेको उल्लेख