Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

आज शेयर बजार बढ्यो


काठमाडौं। हप्ताको पहिलो दिन आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज बढेर एक हजार नौ सय सात दशमलव ९५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । त्यसैगरी आज छ्याङ्दी हाइड्रो, भगवती हाइड्रो र विजय लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ भने सात वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब एक करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । गएको भदौ ३१ गतेयता कारोबार रकम दुई अर्ब रुपैयाँ पुग्न सकेको थिएन । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?