खोटाङ । साकेला गाउँपालिकाले दसैँको मुखमा सबै वडामा पुगेर बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता रकम वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकअन्तर्गत लक्षित वर्गले पाउने सो भत्ता प्रत्येक वडामै पुगेर वितरण गरिएकोे हो । नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गरेर गाउँपालिकाले नेपाल एसबिआई बैङ्कसँगको सहकार्यमा छ स्थानमा भुक्तानी शिविर
काठमाडौं । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा. बद्री केसीले एनआरएनएलाई पैसा र राजनीतिकरणबाट मुक्त गर्नुपर्ने बताएका छन् । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सकेसम्म पैसा र राजनीतिबाट एनआरएन बाहिर जानुपर्छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसकारण यहाँ हामीले केही पनि चिजको खोलो बगाउन सकेको छैनौं ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम भएको हो । आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८
भेरीगङ्गा, सुर्खेत । कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार प्रदेशमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो । प्रदेशका दश जिल्लामध्ये सल्यान, रुकुम पश्चिम, सुर्खेत खाद्यान्नमा आत्मनिर्भर रहेका छन् भने
चितवन । नेपाल पत्रकार महासङ्घ चितवनका सदस्य वीरबहादुर सिञ्जालीलाई ज्येष्ठ पत्रकार कल्याणकारी रकम प्रदान गरिएको छ । महासङ्घ चितवन शाखाको आग्रहमा राप्ती नगरपालिकाले सिञ्जालीलाई रु ५० हजार सहयोग गरेको हो । राप्ती नगरपालिका प्रमुख शमशेर लामा र महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीसहित महासङ्घको टोलीले सिञ्जालीलाई उहाकै निवासमै पुगेर सो रकम
गोरखा । बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिएक छन् । जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो । पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्णरूपमा आवागमन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । झुलाघाट
राजविराज,सप्तरी । हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ । निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कविहीन भएपछि पुल कहिले बन्ने टुङ्गो छैन । लामा बागमती निर्माण सेवाले २०७१ सालमा पुल निर्माण सुरु गरेको हो । सदरमुकाम राजविराज जोड्ने सो पुल निर्माण समयमा सम्पन्न नभएका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् । आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५० करोड सहयोग दिने घोषणा गरेका हुन् । त्यस्तै नेपाल सरकार मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र